फुटपाथ नियन्त्रणका लागि महानगर आ’क्रमक रुपमा प्रस्तुत,अटेर गर्ने व्यापारीका सामान जफत

विराटनगर । विराटनगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिका आक्रमक रुपमा प्रस्तुत भएको छ ।

महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । महानगरले विराटनगरको मेनरोडबाट अभियानको सुरु गरेको हो । महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्युनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो । सार्वजनिक सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गरेको थियो । व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो । पसलको सटरभन्दा बाहिर नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएको थियो ।

पसलबाहिर राखेका किरानाका सामान, टेलिभिजन, फ्रिज, माला, प्लाष्टिकका कुर्सीलगायतका सामान हटाएको छ । अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा लिएका सामान जरिवाना तिराएर मात्रै छाड्ने गरेको महानगरले जनाएको छ । “विराटनगरलाई साँच्चिकै महानगरजस्तो बनाउन कुनै कसर बाँकी राख्दैनौं,” मेयर नागेश कोइरालाले भने, “हामीले दुई–दुईपटक सार्वजनिक रुपमै सूचना प्रकाशित गरेका थियौं । विराटनगरलाई सुन्दर बनाउनु व्यापारीहरुको पनि कर्तव्य हो । उहाँहरुलाई महानगरले जारी गरेको सूचना कार्यान्वयन गर्न सहयोगका लागि आग्रह गर्दछु ।

यात्रुलाई हिंड्न सहज होस् र बजारको सौन्दर्यतामा वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाउन सुरु गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । महानगरले फुटपाथ खाली गरेर बजारको सौन्दर्यकरण बढाउने अभियान सकारात्मक भएको भन्दै व्यापारीहरुले खुसी व्यस्त गरेका छन् । उनीहरुले तर महानगरले सबैलाई नियम बराबरी लगाउनुपर्नेमा जोड दिएका छन् । व्यापारीले सामान हटाउनका लागि केही दिन समय दिन पनि महानगरसित आग्रह गरेका छन् । “महानगरको यो अभियान एकदमै राम्रो छ, तर कसैका सामान हटाउने र कसैका नहटाउने गर्नु हुँदैन । नियम सबैलाई समान हुनुपर्छ,” स्थानीय व्यापारी शंकर साहले भने, “सामान हटाउन केही दिनसमय पनि दिनुपर्छ ।

नगर प्रहरी निरीक्षक पौडेलकाअनुसार पहिलोपटकका लागि महानगर प्रहरी आफैंले सामान भित्र राख्न सघाउने र फेरि पनि अनुगमनमा जाँदा बाहिर राखेको पाइए नियन्त्रण गरिनेछ । महानगरले दुईपटक सार्वजनिक रुपमै सूचना प्रकाशित गरेको र माइकिङ गरेर हटाउन आग्रह गर्दा पनि अटेर गरेका कारण हटाउन सुरु गरिएको पौडेलले बताए । नगर प्रहरीले नियन्त्रणमा लिएका सामान वीरेन्द्रसभा गृह छेउमा रहेको इको पार्कमा लगेर राख्ने गरेको छ । नियन्त्रणमा लिएका सामान व्यापारीहरुले जरिवाना तिरेर लिएर जाने गरेका छन् । महानगरको अभियानमा साथ दिने खुद्रा व्यापार संघका अध्यक्ष संजयकुमारसिंह मण्डलले बताए । उनले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।