तेह्रथुममा आठ पत्रकार पुरस्कृत

तेह्रथुम, १७ मङ्सिर । नेपाल पत्रकार महासङ्घ तेह्रथुमले १२आँै साधारण सभाको अवसरमा जिल्लाका तीन महिला र पाँच पुरुषसहित आठ पत्रकारलाई पुरस्कृत गरेको छ । सञ्चार क्षेत्रमा पु¥याएको योगदानका कारण उनीहरुलाई सम्मान गरिएको हो ।

पुरस्कृत हुनेमा कान्तिपुर संवाददाता चन्द्र कार्की र जिल्ला शाखाका पूर्वअध्यक्ष एवं रेडियो तेह्रथुमका सहायक स्टेशन म्यानेजर नरेश ढुङ्गाना रहेका छन् । दुवैजनालाई क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही रु ११ हजार एक सय ११ रहेको छ । उक्त पुरस्कार हाल अस्ट्रेलियामा बस्दै आउनुभएका राधिका पोखरेल र डा सञ्जिव सापकोटा दम्पत्तिले स्थापना गर्नुभएको हो ।

यस्तै महासङ्घले जिल्ला शाखाका पूर्वअध्यक्ष उद्धव तिम्सिना र रेडियो मेन्छ्यायेमका पत्रकार कृष्ण तामाङलाई तेह्रथुम पत्रकारिता विकास पुरस्कारबाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार पाँच सय ५५ रहेको छ । उक्त पुरस्कार म्याङलुङका उमा कार्की र तेजबहादुर कार्की दम्पत्तिले स्थापना गर्नुभएको हो ।

यसैगरी तेह्रथुम महिला पत्रकारिता पुरस्कारबाट रेडियो मेन्छ्यायेमकी पत्रकार जानुका नेपाल र रेडियो तेह्रथुमकी पत्रकार अस्मिता सुवेदी पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि जनही रु एक हजार एक सय रहेको छ । उक्त पुरस्कार स्व सोमनाथ निरौलाको परिवारले स्थापना गर्नुभएको हो । आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो तीनजुरेकी पत्रकार सरस्वती राई र रेडियो मेन्छ्यायेमका पत्रकार वीरेन्द्र पयाङगु सम्मानित हुनुभएको छ । उक्त पुरस्कारको राशि जनही रु एक हजार एक सय ११ रहेको छ । सो पुरस्कार सहयोगी बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको हो ।

संविधानसभा सदस्य सिता गुरुङ, तेह्रथुम प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल र नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष लिलावल्लभ घिमिरेले सम्मानित सबैलाई संयुक्त रुपमा सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गर्नुभएको थियो । शाखाले साधरणसभाको अवसरमा जिल्लाबाट हालै निर्वाचित हुनुभएका उम्मेदवार गुरुङ, दुलाल र दुर्गाप्रसाद चापागाईलाईसमेत सम्मान गरेको थियो । यस्तै गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी हुनुभएका महासङ्घका सदस्य छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्बु र आठराई गाउँपालिका–६ का वडाध्यक्ष कृष्ण बास्कोटालाई समेत सो अवसरमा सम्मानित गरिएको थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।