बैतडीकी माया लुहारका ह’त्या आरोपित सश’स्त्र प्रहरी जवान पक्राउ

काठमाडौं, १८ मंसिर । घाँटी रे’टेर बी’भत्स ह’त्या गरिएकी बैतडीकी माया लुहारको ह’त्या आरोपमा सश’स्त्र प्रहरीका जवान पक्राउ परेका छन् । सश’स्त्र प्रहरी जवान भरतराम कोलीलाई आइतबार महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ । 

पूर्वम्यादी प्रहरीसमेत रहेकी २१ वर्षीया मायाको ह’त्या आरोपमा शिवनाथ गाउँपालिका-४ का कोलीलाई पक्राउ गरिएको हो । पक्राउसँगै उनलाई अनुसन्धानका लागि बैतडी प्रहरीलाई बुझाइने भएको छ । कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत छन् ।

बादी समुदायः मजदुरी गर्दै जीविका चलाउँदै
कञ्चनपुर, १८ मङ्सिर (रासस): शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बिष्नाकुमारी बादीको परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएको छ । उहाँहरुका लागि जीविका चलाउने एकमात्रै साधन मजदुरी रहेको छ । मजदुरी पाएको बेला दुई छाक खाना खान बादी परिवारले पाउने गरेका छन् ।

मजदुरी नपाइए भोकभोकै बस्नुपर्ने अवस्था पनि आउने गरेको छ । दैनिक मजदुरी पाइने गरेको छैन । हप्तामा एक–दुई दिन बादी परिवारले मजदुरी पाउने गरेका छन् । दुई दिन पाउने मजदुरीले परिवारको हप्ता दिनको खाना खर्च जुटाउनुपर्ने उहाँका लागि बाध्यता छ । कृषि र निर्माणकार्यमा बादी परिवारले मजदुरी गर्दै आएका छन् ।

“छोरा–बुहारी पेट पाल्नकै लागि भारतमा गएका छन्”, उहाँले भन्नुभयो, “चौकीदारीको काम पाएको छ, महिनाको रु १० हजार तलब पाउँछु भन्छ, कोठा भाडा र बुहारी नातिको खाना खर्चमा सबै सिद्धिने गरेको छ, त्यसैले घर पैसा पठाउनका लागि पुग्दैन भनेर खबर गरेको छ ।”

घरमा रहेका सात जनाको खर्च चलाउन निकै गाह्रो भएको उहाँले बताउनुभयो । “महँगाइ बढेको बढ्यै छ”, उहाँले भन्नुभयो, “त्यहीअनुसार ज्याला पाउने भए हुन्थ्यो, ज्याला पुरानै छ, दिनभरि काम गरे रु पाँच सय पाउँछौँ, त्यसले घरका लागि रासनपानी पु¥याउन सकिँदैन ।”

बिरामी पालेर बसेको दुःखेसो पोख्दै उहाँले अगाडि थप्नुभयो, “सरकारी स्वास्थ्यचौकीमा पाइने औषधिले बिराम ठीक हुनसकेको छैन, खानका लागि पैसाको जोहो गर्न सक्दैनौँ, महँगो अस्पताल पुगेर उपचार गराउने क्षमता छैन, त्यसैले रोग पालेर बस्नुपरेको छ ।”

पहिलाजस्तो गाउँमा माग्न जाने अवस्था नभएको उहाँ बताउनुहुन्छ । माग्न गए कसैले दिँदैनन्, उल्टै हातखुट्टा छँदैछ कमाएर खाउ भनेर कुरा सुनाउँछन्, त्यसैले लाजले माग्न नजाने गरेको उहाँको भनाइ छ । बादी समुदायले सरकारीतर्फबाट पाउने सेवा–सुविधा भने नपाएको गुनासो गरेका छन् ।

“देशमा कयौँ व्यवस्था बदलिए, हाम्रो अवस्था अहिले पनि उस्तै छ”, श्याम बादीले भन्नुभयो, “सुरक्षित आवास बादी समुदायका लागि बन्छ भन्ने अश्वासन धेरैले दिए, अहिलेसम्म पाएनौँ, रोजगारी दिने कुरा पनि नभएका होइनन्, कसैले पाएका छैनौँ ।”

सरकारी विद्यालयमा बालबालिका पढाउनका लागि शुल्क तिर्दै आएको उहाँले बताउनुभयो । बादी समुदायका बालबालिकाले निःशुल्क शिक्षा दिने कुरा सुन्दै आए पनि ५ कक्षामाथिका बालबालिका पढाउन शुल्क बुझाउँदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार वार्षिकरूपमा कक्षाअनुसार विद्यालयले शुःल्क लिने गरेको छ ।

“बालबालिका विद्यालय पढाउनका लागि सकिने अवस्था छैन”, सपना बादीले भन्नुभयो, “विद्यालयलाई शुल्क तिर्नुपर्ने अवस्था छँदैछ, एक वर्ष सिलाइ गरेको विद्यालय पोशाक एक बालबालिकाले तीन वर्षसम्म लगाउनुपर्ने बाध्यता छ ।” बालबालिकालाई माथिल्ला कक्षा पढाउन नसक्दा बादी समुदायले आफूसँगै मजदुरीमा लग्ने गरेका छन् ।

बादी बस्तीमा ८ कक्षामाथि पढेको कोही छैन । “माथिल्ला कक्षा पढाउन सक्ने अवस्था छैन”, सपनाले भन्नुभयो, “त्यसैले बीचमै विद्यालय छुटाउनुपर्ने बाध्यता छ ।” सिमेन्टका ब्लक बनाउने कार्यमा मजदुरी गर्दै आएकी सपनाले एक छाक खाएर दुई छाक भोकै बस्नुपर्ने पीडा पोख्नुभयो । बादी समुदायको पुख्र्यौली पेसा माटोका भाँडाकुँडा बनाउने हो । माटोका तमाखु खाने सुल्पा, हुक्का, दियो र मादल बनाएर बादी समुदायले पहिला जीविका चलाउने गरेका थिए ।

आधुनिकताको प्रवेशसँगै माटोका भाँडाकुँडा र मादल बिक्री हुन छाडेपछि बादी समुदायले जीविका चलाउन विकल्प रोज्न थालेका हुन् । विसं २०४३ देखि गर्जमुनिमा बादी समुदायको बसोबास रहेको छ । घरबास रहेको जग्गामा बादी समुदायका केही परिवारका झोपडी र केहीका अर्धपक्की घर बनाएका छन् । वर्षौँदेखि बस्दै आएको जग्गाको बादी समुदायसँग स्वामित्व छैन । बस्ती नजिकै बग्ने स्याली नदीले बर्सेनि जग्गा कटानी गरिरहेको छ । वर्षात्का बेला बादी बस्ती डुबानमा पर्ने गरेको छ ।

बादी समुदायको मागका रूपमा निःशुल्क शिक्षा, रोजगार, स्वास्थ्योपचार, नदी नियन्त्रण, सुरक्षित आवास, जग्गाको स्वामित्व र डुबानमुक्त बस्ती रहेको छ । “नजिकको सरकार भनेको नगरपालिका हो, नगरपालिकाबाट बादी समुदायको उत्थानका लागि लक्षित गरी कुनै पनि कार्यक्रम हालसम्म हुन सकेको छैन”, दीपक बादीले भन्नुभयो, “वडा भेलामा कयौँपटक माग राखे पनि कार्यक्रमलाई प्राथमिकतमा राखिएको छैन ।”

“सुरक्षित आवास त पाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “खरको छाना हटाउन विगतमा नगरपालिकाले अरु समुदायलाई जस्तापाता वितरण गरे, त्यो पनि हामीसम्म पुगेन ।” विपन्न र गरिबका लागि भनेर ल्याइने स्वरोजगार तालिम र अनुदानका कार्यक्रममा नसमेटिने गरेको बादी समुदायको भनाइ छ । गर्जमुनीस्थित बादी बस्तीमा १० परिवारको बसोबास छ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।