लिम्बू समुदायले आज चासोक तङनाम मनाउँदै

प्रकाश पाक्साँवा /तेह्रथुम, २२ मंसिर । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै संस्कार संस्कृति छ । यी समुदायलाई प्रकृति पूजकको रुपमा लिइन्छ । लिम्बू समुदायको आफ्नै मौलिक पर्वहरू छन् । यी पर्वहरूमध्ये चासोक तङनाम अर्थात् (न्वागीपूजा) पनि एक हो ।

यो पर्व अन्नबाली पाकेर प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक सुरु हुन्छ । अन्नबाली लगाउँदा याक्वा गरी अर्थात् प्रकृतिलाई अनुमति मागी अन्नबाली लगाउने गर्छन् । लगाएको अन्नबाली पाकेर पनि कसैले नखाई प्रकृतिलाई चढाएर मात्रै ग्रहण गर्ने प्रचलन रहँदै आएको छ । 

पूर्वको विभिन्न क्षेत्रसँगै तेह्रथुममा पनि भव्य समारोहका साथ मनाइएको छ । विभिन्न कार्यक्रमका माझ चासोक पूजा तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्दै यो पर्व हर्षाेल्लासका साथ लिम्बू समुदायले मनाएका छन् ।

लिम्बू समुदायमा घर-घरमा नै चासोक मनाउँदै आएको भए पनि पछिल्लो समय यी समुदायको सघन बस्ती रहेको स्थानहरुमा सामूहिक रुपमा मनाउन थालिएको स्थानीय अनिल आंखेवाले बताए ।

उनी भन्छन्, ‘हामीले पहिले पहिले घरघरमै चासोक गर्दै आएका हौँ । हाम्रो संस्कार संस्कृति लोप हुँदै गएपछि सामूहिक रुपमा चासोक तङनाम मनाउन थालेका हौ ।’

पर्वको अवसरमा लिम्बू समुदायको च्याब्रुङ नाच धाननाच प्रदर्शन तथा छेलो हान्ने धनुकाँड हान्ने लगायतका लोप हुँदै गएका खेलहरु समेत सञ्चालन गरिँदै आएका छन् । 

‘मानवजातीले खेतीपातीको क्रममा तागेरानिङवाफ्माङकै देनकै कारण उत्पादन भएका अन्नबालीलाई उहाँलाई नै अनुमति माग्न नै चासोक थिसोक भएको हाे,’ लिम्बू भाषा तथा संस्कृति विकास केन्द्रका अध्यक्ष दिल पाक्साँवाको भनाइ छ ।

पछिल्लो समय लिम्बू समुदायको मौलिक संस्कार संंस्कृति संरक्षणमा यी समुदायको आकर्षण बढ्न थालेको छ । कृषि युगसँगै चासोक पर्वको सुरुवात भएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बू बताउँछन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।