खोटाङमा लैं’गिक हिं’सा विरुद्ध प्रहरीको सचेतनामूलक र्‍याली

खोटाङ, २३ मंसिर । लैं\गिक हिं\साविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय खोटाङले सचेतनामूलक र्‍याली निकालेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानको सन्दर्भ पारेर जिल्ला प्रहरी कार्यालयले शुक्रबार दिक्तेलबजारमा सचेतनामूलक र्‍याली निकालेको हो ।

जिल्ला प्रहरी कार्यालयको प्रांगणबाट सुरु भएको र्‍याली रत्नपार्क पुगेर पुःन जिल्ला प्रहरी कार्यालयको परिसरमा पुगेर समापन गरिएको थियो ।

डिएसपी मञ्जिल मुकारुङको संयोजकत्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, प्रशासकीय अधिकृत उपेन्द्र राई, महिला एकता अध्ययन केन्द्रका अध्यक्ष दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई, सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का, रेडक्रसका मन्त्री छत्र बजिमयलगायतको उपस्थिति रहेको थियो । 

लैंगिक हिं\साविरुद्धको १६ दिने अभियान अन्तर्राष्ट्रिय अभियानको रूपमा विभिन्न कार्यक्रम गरी विश्वभर मनाउने गरिएको छ । अभियान समापनको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश १ शाखा कार्यालय खोटाङले शनिबार कार्यक्रम गर्दैछ । दिक्तेलको मानव अधिकार चोकबाट प्रभातफेरी सुरु गरेर जिल्ला समन्वय समितिको सभाहलमा समापन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।