खोटाङका १४ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

खोटाङ । खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उठेका २२ मध्ये १४ उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन् । शुक्रबारसम्ममा प्रतिनिधिसभा सदस्यतर्फका पाँच, प्रदेशसभा (क)का पाँच र प्रदेशसभा (ख)तर्फका चार उम्मेदवारले निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ आठ, प्रदेशसभा (क)तर्फ आठ र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार उठेका थिए । 

हालसम्म प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार बिशाल भट्टराईले १० लाख ९३ हजार, नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राईले १७ लाख ३३ हजार, राप्र्रपाका उम्मेदवार सर्जु श्रेष्ठले आठ लाख ८२ हजार पाँच सय, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार भोजराज बस्नेतले नौ हजार र आमुल परिवर्तन मसिहा पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार चन्द्रमणि राईले २५ हजार खर्च भएको विवरण पेश गरेका छन् ।

यस्तै, प्रदेशसभा (क)तर्फ एमालेका उम्मेदवार पाँचकर्ण राईले नौ लाख ८५ हजार, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बिरबलकाजी राईले २० लाख ५५ हजार, नेकपा (माक्र्सवादी लेलिनवादी)का पदमप्रसाद आचार्यले ५० हजार, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार प्रयाग राईले एक लाख एक हजार ७०० र नेपाल मजदुर किसान पार्टीका केशव राईले पाँच हजार खर्च भएको विवरण पेश गरेका छन् । 

प्रदेशसभा (ख)तर्फ एमालेका उम्मेदवार रामप्रसाद दंगालले पाँच लाख ८९ हजार, कांग्रेसका उम्मेदवार भूपेन्द्र राईले १९ लाख ४१ हजार पाँच सय, जसपाका प्रदेशसभा प्रेमकुमार राईले दुई लाख आठ हजार र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले एक हजार निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी लोकेन्द्र राईले बताए । अन्य उम्मेदवारले निर्वाचन खर्च बुझाउन बाँकी छ । निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गर्नुपर्ने व्यवस्था छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।