तिगेलाद्धारा विश्वमा प्रचलित निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणालीबारे जानकारी

काठमाण्डौ । गत २५ मंसिर २०७९ का दिन राजनीतिका अध्येता विश्वास दीप तिगेलाले विश्वमा प्रचलित निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणालीबारे तथ्याङ्क सहित तुलनात्मक जानकारी दिएका छन ।

विश्वका उत्कृष्ट र अप्रजातान्त्रिक निर्वाचन प्रणालीहरुको कसीमा नेपालको मिश्रीत निर्वाचन प्रणालीले के के सुधार गर्न आवश्यक भन्ने विषयमा पनि तथ्यगत कारण र आधारहरु प्रस्तुत गरे । मुन्धुम एकेडेमी काठमाडौंद्धारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा तिगेलाले प्रिजेन्टेशन गरेका हुन । सो अन्तरक्रिया कार्यक्रममा राजनीतिशास्त्रका विद्यार्थी र राजनीतिकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अन्तमा सहभागीहरुको प्रश्नको उत्तर तिगेलाले दिएका थिए भने सुझावहरुलाई ग्रहण गरेका थिए ।

तिगेलाले उनका राजनीति शास्त्रको डिग्री तहमा तयार गर्नुभएको विश्वका निर्वाचन प्रणालीहरु मध्ये सबैभन्दा प्रजातान्त्रिक कुन हो भन्ने विषयक शोधपत्र पुस्तकको रुपमा आउनु भन्दा अगाडी छलफल र अन्तरक्रिया भएको हो । तिगेलाको गत बर्ष उनको माष्टर्ष डिग्रीको अर्को शोधपत्र ह्वय चाइना इज नट रिपलेसिङ अमेरिका नामक पुस्तक प्रकाशनमा आएको छ भने उनी क्यान्टवरी यूनिभर्सिटी युकेबाट माष्टर्ष डिग्री सिध्याएर विद्यावारिधीको प्रकृयामा छन ।

एकेडेमीका संयोजक डि. बी. आङबुङले प्रिजेन्टर तिगेला र सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।