ग्रामीण सडक व्यवस्थित नहुँदा करोडौँंको बाँस दाउरामा परिणत

उदयपुर,२६ मङ्सिर(रासस) :पहाडी तथा उत्तरी पहाडी क्षेत्रको ग्रामीण भेगमा उत्पादन भएका करोडौँ मूल्य पर्ने बाँस व्यवस्थित सडकको अभावमा अन्यत्र बिक्री गर्न समस्या हुँदा दाउरामा परिणत भएको छ ।

जिल्लाको मध्य पहाडी क्षेत्रको इनामे, बर्रे, माझखर्क, नामेटार र टाट्ने तथा उत्तरी पहाडी क्षेत्रको बाँसबोटे, ठानागाउँ, बलाम्ता र ताम्लिछा जाते क्षेत्रमा उत्पादन भएका करोडौँ मूल्यका बाँस अन्यत्र बिक्री गर्न नसक्दा दाउरामा परिणत हुने गरेको बाँस उत्पादक किसान बताउँछन् । बर्रेका दानबहादुर तामाङले आफ्नो जग्गाको घरबारी तथा पाखाबारीमा बर्सेनि लाखौँंको बाँस उत्पादन हुने गरेको तर गाउँबाट अन्यत्र बिक्री गर्न सडक नहुँदा आफूहरुले बाँसको घाँस गाईबस्तुका लागि प्रयोग गर्ने तथा बाँस दाउरा बालेर नष्ट गर्नुपरेको बताउनुभयो ।

अहिले यो क्षेत्रमा सडक पुगेका स्थानमा गाउँलेहरुले प्रतिघना बाँस न्यूनतम रु एक सय पचासदेखि दुई सय ४० घनाका दरले बिक्री गर्ने गरेको तर आफूहरुको गाउँघरसम्म अझै व्यवस्थित सडक विस्तार नहुँदा बाँस बिक्रीमा समस्या हुने गरेको इनामेका जङ्गबहादुर तामाङको गुनासो छ ।

यस क्षेत्रमा उत्पादन भएका बाँस गाउँलेहरुले हस्तकलाका बस्तु उत्पादनमा समेत प्रयोग गर्ने नगरेको र दाउरा मात्र बाल्ने गरेका छन् । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार यस क्षेत्रको सबै ग्रामीण भेगमा कच्ची ग्रामीण सडक व्यवस्थित बन्न बाँकी रहेका कारण किसानले उत्पादन गरेको बाँस अन्यत्र लगेर बिक्री गर्न समस्या हुने गरेको छ ।

अहिले गाउँपालिकाले प्रत्यक वडामा सडक व्यवस्थित तरिकाले विस्तार गर्ने कार्य गरिरहेका कारण अबका एक÷दुई वर्षभित्र यसक्षेत्रको बाँस सहज तरिकाले अन्यत्र बिक्री गर्न सकिने अवस्था रहेको अध्यक्ष राई बताउनुहुन्छ ।

यहाँका दुर्गम पहाडी क्षेत्रमा ठूला–ठूला र अग्ला प्रजातिका बाँस उत्पादन हुने गरेको कारण यसलाई अन्यत्र बिक्री गर्न सके राम्रो मूल्य पाउन सकिने यस क्षेत्रका किसानको भनाइ छ । जिल्लाको तल्ला पहाडी भेग र सडक विस्तार भएका स्थानका गाउँको बाँस बर्सेनि करोडौँं मूल्यमा बिक्री हुनेगरेको किसान बताउँछन् ।

जिल्लाको तल्लो पहाडी क्षेत्र मुर्कुची, नेपालटार, रौता साउने खाँबु चिलाउने क्षेत्रमा उत्पादन गरिएका बाँस खरिदकर्ताले एक नम्बर प्रदेशको विराटनगर, इटहरी तथा राजधानी काठमाडाँैसम्म खरिद गरेर लैजाने गरेको किसान बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।