पहाडमा बदली, तराईमा हुस्सु

काठमाडौं, २८ मंंसिर । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ लगायतका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । 

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । बिहीबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन महाशाखाको छ ।

सेनाले स्तरोन्नति गरेको भवन वडालाई हस्तान्तरण
बनेपा, २८ मङ्सिर (रासस) ःकाभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ काठुगणेशस्थित प्रसूति गृहको स्तरोन्नति गरेको भवन मङ्गलबार वडालाई हस्तान्तरण गरिएको छ ।

नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलको व्यवस्थापन तथा श्रमदानमा स्तरोन्नति गरेको भवनको उपत्यका पृतनापति उपरथी योगराज शर्माले उद्घाटन गरी वडालाई हस्तान्तरण गरेको हो । भवन उद्घाटन गर्दै पृतनापति शर्माले प्रसूति भवनको स्तरोन्नति गरेर उदाहरणीय काम भएको बताउनुभएको छ । “स्थानीय सरकार र समुदायले यसको आवश्यक्ताको पहिचान गरी नेपाली सेनालाई सहयोग गर्ने अवसर प्रदान गर्दै त्यसको स्तरोन्नति गर्न पाउनु ठूलो कुरा हो ।” उहाँले भन्नुभयो, “स्तरोन्नति भएपछि यहाँका वडा बासिन्दादेखि नगरपालिका र भौगोलिक विकटतामा रहेका छिमेकी पालिका खानीखोला र बेथानचोक गाउँपालिकाका बान्सिदालाई प्रसूतिसम्बन्धीको सेवा लिन सहजता हुनेमा विश्वस्त छु ।”

सेना भन्ने बित्तिकै जनमानसमा रहेको सोच सैनिक कारबाही गर्छ भन्ने बुझाइरहेकोमा त्यस्तोमात्र नभई सामाजिक कार्य गरेर नागरिक र सैनिक सम्बन्ध सुदृढ गर्नमा केन्द्रित गर्दै आएको उहाँले बताउनुभयो । यसरी स्थानीय सरकार र बान्सिदाको अनुरोधमा भएको सामाजिक कार्यले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध सुदृढ हुने बताउनुभयो ।

सो क्रममा उहाँले विभिन्न गाउँपालिका र नगरपालिकामा विद्यालय भवन, मठमन्दिर निर्माण, क्रियापुत्री घर निर्माण, पानी ट्याङ्की निर्माण, गढी निर्माण र पर्यटकीयस्थलको पहिचान र सुदृढीकरणको कार्य गर्दै आएको उहाँले बताउनुभयो । स्तरोन्नति गरेको प्रसूति गृहमा सैनिक श्रीमती सङ्घबाट आवश्यक गर्ने सामान छिट्टै उपलब्ध गराउने भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले स्तरोन्नति भएको प्रसूति गृहबाट पनौतीका नागरिक मात्रै नभएर छिमेकी पालिका खानीखोला, बेथानचोक र महाभारत गाउँपालिकाबाट श्रमिकका रुपमा काम गर्दै आएर पनैतीमा बसोबास गर्ने नागरिकलाई पनि सेवा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । काम गर्दै जाने क्रममा नगरपालिकाले चाहेर पनि सिमित स्रोतसाधन भएको कारण चाहेको जस्तो सेवा सुविधा दिन नसकेको बताउनुभयो । सो क्रममा उहाँले नगरपालिकाको विभिन्न ठाउँमा मनोरोगसम्बन्धीको सेवाका लागि कुशादेवी र पनौतीमा शिविर सञ्चालन गरी निशुल्क औषधि वितरण गर्दै आएको बताउनुभयो । स्वास्थ्य सेवालाई थप सुधार गर्नको लागि पनौतीलाई भूगोलको हिसाबले तीन क्षेत्रमा विभाजन गरी सेवा दिने काममा लागिरहेको उहाँले भनाइ छ । त्यस्तै लुप्त रहेको कतिपय ऐतिहासिक धरोहरहरुको उत्खनन र पहिचान गर्न नसकिरहेको अवस्थामा नेपाली सेनासँग समन्वय गरेर काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पनौती नगरपालिका–७ का वडाध्यक्ष सविन ताम्राकारले पुरानो र सांसृकति सहरको रुपमा रहेको वडाको प्रसूति केन्द्रको गृहलाई स्तरोन्नति गरी पु¥याएको सहयोग अतुलनीय रहने बताउनुभयो । पनौतीको केन्द्रमा रहेको प्रसूति केन्द्रलाई स्तरवृद्धि गरी दश शय्याको अस्पताल निर्माण गर्ने गरी वडा लागिपरेको उहाँले बताउनुभयो ।

वडा नं ७ मा रहेको स्वास्थ्यचौकी भवनमा स्तरोन्नतिको लागि असोज २३ गतेबाट मङ्सिर २५ गतेसम्म दुई महिना लगाएर कार्य सम्पन्न गरेर व्यवस्थित गरेको भवनमा रगत र पिसाब परीक्षण प्रयोगशाला कक्ष, परिवार नियोजन, खोप, ओपिटी, भण्डारण कक्ष र हल निर्माण गरी वडालाई हस्तान्तरण गरेको नेपाली सेना कालीजङ्ग गण धुलिखेलले जनाएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।