समानुपातिक सूचीको नाम खुला गर्न अध्येता तिगेलाको सुझाव

काठमाडौ : राजनीतिशास्त्रका अध्येता विश्वासदीप तिगेलाले विश्व र नेपालको निर्वाचन प्रणालीबारे तथ्याङ्कसहित तुलनात्मक जानकारी दिनुभएको छ ।

मुन्धुम एकेडेमी काठमाडौँद्वारा आज आयोजित अन्तक्र्रियामा उहाँले विश्वका उत्कृष्ट र अप्रजातान्त्रिक निर्वाचन प्रणालीका कसीमा नेपालको मिश्रित निर्वाचन प्रणालीले केके सुधार गर्न आवश्यक छ भन्ने विषयमा पनि तथ्यगत कारण र आधार प्रस्तुत गर्नुभयो ।

आफूले नेपालको मिश्रित निर्वाचन प्रणाली विकसित देशका भन्दा उत्तम पाएको जिकिर गर्दै तिगेलाले समानुपातिक नाम सूची खुला गर्न सकेमा विकृति नदेखिने बताउनुभयो ।

क्यान्टबरी युनिभर्सिटी बेलायतबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गर्नुभएका तिगेला हाल राजनीतिशास्त्रमा चीनको सुरक्षा नीति विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । धनकुटावासी लेखकका काव्य, निबन्ध, नियात्रा, अनुसन्धानमूलक कृतिलगायत ‘ह्वाइ चाइना इज नट रिप्लेसिङ अमेरिका’ नामक पुस्तक प्रकाशनमा आइसकेको छ ।

कार्यक्रममा एकेडेमीका संयोजक डिबी आङ्बुङलगायत राजनीतिशास्त्रका विद्यार्थी र राजनीतिकर्मीको सहभागिता थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।