दिप्रुङमा वडावडामा पुगेर योजना सम्झौता, वडाबाटै फरफारक गर्ने तयारी

खोटाङ, ३ पुस  । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले वडामै पुगेर योजना तथा कार्यक्रम सम्झौता गरेको छ । ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नाराको अनुभुति दिलाउने लक्ष्यका साथ गाउँपालिकाले सबै वडामा पुगेर सडक, पुल, भवन, सिँचाई, खानेपानी लगायतका वडास्तरिय योजना तथा कार्यक्रमको सम्झौता गरेको हो ।

चालु आर्थिक वर्ष ०७९-०८० का लागि विनियोजित योजना तथा कार्यक्रम सञ्चालनार्थ गाउँपालिकाले २६ मंसिरदेखि २ पुसम्ममा वडा–वडामा सम्झौता शिबिर सञ्चालन गरेको थियो ।

गाउँपालिकाका सात वटै वडामा पुगेर पुँजीगततर्फका ९८ वटा वडास्तरिय योजना तथा कार्यक्रम सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी एवं प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख पिएस्पी चाम्लिङ राईले बताए । हालसम्म गाउँपालिकाको कार्यालयमा बोलाएर योजना सम्झौता गर्नेरगराउने गरिएकामा यसपल्ट वडा वडामै पुगेर सम्झौता गरिएको हो । वडाबाट योजनाको सम्झौतासँगै इलेक्ट्रोनिक फाइनान्सियल ट्रान्सफर (इएफटी)मार्फत वडाबाटै भुक्तानी दिने र फरफारक गर्नरगराउनका लागि पहल भइरहेको सूचना अधिकारी राईले जानकारी दिए । 

२६ मंसिरमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा, २७ मंसिरमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका लागि ओख्रे ९डाँडागाउँ०मा, २८ मंसिरमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा, २९ मंसिरमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा, १ पुसमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र २ पुसमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा कार्यक्रम गरेर योजना सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । कृषि तथा पशुसेवा सम्वन्धी योजना तथा कार्यक्रम भने पालिका स्तरिय कृषि विकास समितिको निर्णयपछि मात्र सम्झौता गरिने छ । 

 गाउँपालिकामा पुँजीगत, चालु लगायत सबै किसिमका गरी ३०७ वटा योजना तथा कार्यक्रमहरु छन् । त्यसमध्ये २६ वटा पालिका स्तरिय योजना छन् । गत १९ मंसिरदेखि २१ मंसिरसम्म वडा तथा पालिका स्तरिय उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति, संघसंस्था तथा समुहलाई योजना सञ्चालन तथा व्यवस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी गराएपछि योजना सम्झौता गरिएको हो ।

छुट भएका उपभोक्ता समितिलाई भने गाउँपालिकामै बोलाएर सम्झौता गरिनेछ । वडा स्तरिय योजना तथा कार्यक्रम सम्झौताका लागि गाउँपालिकाले सामुदायीक विद्यालय, संघसंस्था, समुह तथा गठित उपभोक्ता समितिलाई सूचनामार्फत आवश्यक कागजात सहित तोकिएको स्थानमा उपस्थितिका लागि आव्हान गरेको थियो । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।