घरेलु मदिरा ब्राण्डिङ गर्ने अर्जुनधाराको तयारी

झापा, ३ पुस । घरेलु मदिरालाई ब्राण्डिङ गरेर बिक्री गर्न स्थानीय तह तँछाड–मछाड गरिरहेको समयमा झापाको अर्जुनधारा नगरपालिकाले पनि यसलाई प्रवर्द्धन गर्ने तयारी गरेको छ ।

प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामी तथा योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लक्समको उपस्थितिमा आयोजित एक कार्यक्रममार्फ् नगरपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गरेर बिक्री गर्नका लागि आवश्यक तयारी गर्न सुरु गरेको जनाएको छ ।

घरेलु मदिरा ब्राण्डिङ गरी बजारीकरण गर्ने चर्चा चलिरहेको बेला कार्यक्रममा संविधानसभा सदस्य प्रेमबहादुर गिरीले अर्थतन्त्रको बलियो आधार स्वदेशी रक्सीलाई ब्राण्डिङ गरेर बजारमा पुर्‍याउन सके आयआर्जनको स्रोत वृद्धि हुने बताए ।

गिरीले अर्थतन्त्रको स्रोतका धेरै आधारहरु कृषि नै भएको हुँदा घरेलु रक्सीजस्तै स्वदेशी घाँसलाई विदेशमा पठाउन सकिने पनि जनाए ।

नगर प्रमुख बलदेवसिंह गोम्देनले विदेशी रक्सी नेपालमा आयात हुनुले स्वदेशी रक्सी पछि परेको धेरै उदाहरण दिँदै स्वदेशमा बनेका रक्सीलाई ब्राण्ड बनाएर बजारीकरण गर्न प्रदेश सरकारलाई आग्रह गरे । नगर प्रमुख गोम्देनले घरेलु रक्सीलाई ब्राण्डिङ गर्ने कार्यमा आफूले सक्दो सहयोग गर्ने र आफ्नै नगरमा उत्पादनका लागि जग्गा उपलब्ध गराउने वचन दिए । 

परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति प्रदेश नं. १ का संयोजक टेकबहादुर खजुमले परम्परागत कोदोको रक्सीलाई प्रवर्द्धन गर्नसके युवा स्वरोजगारदेखि प्रदेश १ नै आर्थिक रुपमा समृद्ध हुने दाबी गरे । 

कृषि मन्त्री दर्लामीले नीतिगत कुरालाई मिलाएर कानुनमा सहजीकरण गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउँदै परम्परागत कोदोको रक्सी मात्र नभई स्वदेशी रक्सी हुने सामग्रीलाई उत्पादनमा टेवा पुग्ने काममा प्रदेश सरकार पछि नहट्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमपछि घरेलु मदिरा ब्राण्डिङलाई आवश्यक कारखाना राख्नका लागि वडा नं. २ मा रहेको जग्गाको अवलोकन गरेका थिए । अवलोकनमा योजना आयोगका उपाध्यक्ष डा. लक्सम, कृषि मन्त्री दर्लामी, नगर प्रमुख गोम्देनलगायत सहभागी थिए । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।