आ’गला’गी पी’डितको सहयोगार्थ राहत संकलन अभियान

खोटाङ, ६ पुस  । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका आ’गलागीपी’डितलाई राहत रकम जुटाउन थालिएको छ ।

सोमबार साँझ भएको आ’गलागीबाट विस्थापित भएका र क्षति बेहोरेकाको सहयोगार्थ खोटाङ उद्योग वाणिज्य संघ तथा उद्योग वाणिज्य संघ शाखा कार्यालय केपिलासगढी, स्थानीय , राजनीतिक दलको सहयोगमा रकम संकलन सुरु गरिएको हो । 

बाक्सिला बजारमा सञ्चालन गरिएको घरदैलो अभियानबाट चार लाख ५५ हजार ९५ रुपैयाँ सहयोग रकम संकलन गरिएको उद्योग वाणिज्य संघ शाखा कार्यालय केपिलासगढीका अध्यक्ष शिव राईले बताए । संकलन भएको रकमध्ये दुई हजार आठ सय खाता खोल्न राखेर बाँकी रहेको चार लाख ५२ हजार २९५ रुपैयाँ रकम अग्नीपीडितलाई वितरण गरिएको छ । 

आ’गलागीबाट पीडित भएका तारादेवी राई, डिल्लीकुमार श्रेष्ठ, दिल गुरुङ, पवन श्रेष्ठ, हस्तकुमारी राई, लक्ष्मी राई, इन्द्रकला राई, रत्न गुरुङ र रमेश परियारलाई जनही ५० हजार २५५ रुपैयाँका दरले राहत रकम वितरण गरिएको उद्योग वाणिज्य संघ शाखा कार्यालय केपिलासगढीका अध्यक्ष राईले जानकारी दिए ।

 आ’गोले व्यवसायी दिपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको छ । अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको थियो । त्यी घरमा भाडामा कोठा लिएर व्यापार गरिरहेका अन्य व्यवसायीले पनि क्षति बेहोरेका छन् । आ’गलागीमा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको छ । गुरुङको घरबाट सुरु भएको आ’गोले अन्य घर पनि जलाएको हो । विद्युत सर्ट हुँदा आ’गलागी भएको अनुमान गरिएको छ ।

केपिलासगढी गाउँपालिकाले विस्थापित परिवारको तत्काल पुनर्स्थापना गर्ने र आवश्यक राहत उपलव्ध गराउने निर्णय गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।