पर्यटकीय केन्द्र बन्दै पाँचपोखरी नागीथाम डाँडा

सिन्धुपाल्चोक, ६ पुस (रासस):जिल्लाको पाचँपोखरी थाङपाल गाउँपालिका–४ मा अवस्थित सुन्दर नागीथाम डाडाँ अहिले पर्यटकीय गन्तव्यका बनेको छ । बाह्रैमास फरफराइ रहेको लुङदार र पञ्चरङ्गी तोरणले नागीथाम डाडाँको शोभा बढाएको हो ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पेमाछल उद्यान केन्द्रको रुपमा विकास गर्दै लगेको छ । अहिले गाउँपालिकाले प्रारम्भिक चरणमा ध्यान केन्द्र, तारा महल र अष्टमणिको चैत्य निर्माणकार्य सम्पन्न गरेको छ । गत महिना त्यहाँ निर्माण गरिएको तारा महल र अष्टमणि चैत्यको उद्घाटन गरिएको छ ।

यस क्षेत्रको विकास गर्न योजना सहित काम भइरहेको गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो । उक्त स्थानमा बौद्ध शिक्षासम्बन्धी अध्यापनको अवधारणा पनि रहेको अध्यक्ष लामाले बताउनुभयो । यस अवधारणालाई मूर्तरुप दिन देश तथा विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय संस्थासँग सहयोग र समन्वयका लागि लामाले अपिल गर्नुभएको छ ।

साहसिक खेल प्याराग्लाइडिङको पनि सफल परीक्षण भइसकेको नागीडाँडामा अन्य थुप्रै सम्भावना छन् । यो स्थान समुद्री सतहदेखि दुई हजार चार सय ८० मिटर उचाइमा रहेको छ । यहाँबाट पश्चिममा जुगल हिमशृङ्खलाको मनमोहक दृश्यको अवलोकन गर्न र थाङ्पाल उपत्यका सुन्दर गाउँ रहेको छ । मुख्यतः यहाँ जाडोयाममा पर्ने हिउँसँग रमाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । पर्यटकलाई मनोरञ्जन र खर्च गर्नका लागि अन्य संरचनाको साथै पर्याप्त होटल र होमस्टेको सुविधा आवश्यक रहेको स्थानीय बताउँछन् ।

मणि ब्राह्मणको परिचय जीवनगाथासँगै यस ठाउँको परिचय धारणी सूत्र (मन्त्र)मा उल्लेख गरिएको पाइन्छ । यस मन्त्रमा उल्लेख गरेअनुसार दायाँपट्टि सिंह गर्जेको जस्तो बायाँपट्टि हात्ती सुतेको जस्तो र बीचमा शिखर कैलाश रहेको र त्यस स्थानमा पवित्र भूमि समय ताराको बासस्थान हुनेछ भनी उल्लेख गरेको नागीथाम डाँडा संरक्षण समितिका अध्यक्ष फुर्पा सिङ्गी लामाले बताउनुभयो ।

तिब्बतको तान्त्रिक यान तोप्तेन शाक्य श्रीको भतिजा स्वयम्बु दर्शन गर्ने क्रममा यही स्थल हुँदै जानुभएको आलेखहरू भेटिएको लामाले बताउनुभयो । शाक्य श्री यात्रामा खोलाको तीरैतीर जाने क्रममा धुपी पिन्ने घट्ट रहेको र त्यसैमाथि एउटा पवित्रस्थल देखिएकाले त्यस स्थानमा मणि ब्राह्मणको सम्झनामा एउटा चैत्य निर्माण गरेको पनि देख्न सकिने किंवदन्ती छ । यस स्थानमा पाँचवटा डाकिनी (समय तारा)को बासस्थान रहेको भोट भाषामा लेखिएको पाइन्छ । यस कारण अहिले निर्माण भएको तारा महलमा समय तारा ( २१ तारा) राखेको लामाले बताउनुभयो । यस तारा महलमा दर्शन गर्ने र पूजास्थल हुनेछ भने बाँकी भवनमा बौद्धमार्गीहरू ध्यान गर्ने केन्द्रका रूपमा प्रयोग हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।