आदिवासी जनजाति महिला महासङ्घको तदर्थ समिति गठन

काठमाडौँ, ६ पुस (रासस) :राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घबाट विद्रोह गरेर तदर्थ समिति गठन भएको छ । सङ्घको आठौँ महाधिवेशनबाट विद्रोह गरेर जुनिता राईको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो । नवगठित समितिले उक्त महाधिवेशन आम आदिवासी तथा आदिवासी महिलाको अपेक्षाबमोजिम वैधानिक तवरले नभएको टिप्पणी गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले महासङ्घ आफैँ स्वायत्त जातीय संस्थाको साझा सङ्गठन भएको उल्लेख गर्नुभयो । कुनै पनि सङ्गठनलाई बहिष्कृत गरी आयोजना हुने महाधिवेशन आफैँमा लोकतान्त्रिक र वैधानिक हुन नसक्ने उहाँको जिकिर छ । उहाँले भन्नुभयो, “हामी केही जातीय सङ्गठन प्रशासनिकरूपले नवीकरण हुँदाहुँदै पनि कागजात नवीकरण नभएको भन्दै महाधिवशेन प्रक्रियाबाट वञ्चित गराउन खोज्नु न्याय र आदिवासीको मौलिक अभ्यासविपरीतको कार्य हो ।”

“महाधिवेशनको बन्दसत्रमा महासङ्घमा आबद्ध जम्मा ४८ जातीय महिला सदस्य सङ्गठनमध्ये संस्था नवीकरण नभएको कारण बनाएर २७ सदस्य सङ्गठनलाई बन्दसत्रको हलमा प्रवेश गर्न दिइएन, जुन महासङ्घकै विधानविपरीत कार्य हो”, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महासङ्घकै सदस्य सङ्गठनले बन्दसत्रमा भाग लिन पाउने, समुदायको प्रतिनिधित्व गर्ने र निर्वाचनमा चुन्न र चुनिन पाउने न्यूनतम नैसर्गिक अधिकारलाई समेत वञ्चित गरिनु अलोकतान्त्रिक, गैरकानूनी र अवैधानिक कार्य हो ।”

महासङ्घको आधिकारिक महासचिवले बन्दसत्रमा प्रस्तुत गर्नुपर्ने साङ्गठानिक प्रतिवेदनसमेत प्रस्तुत गर्न नदिनु अर्को विधान, प्रचलित विधि, पद्धति र अभ्यासविपरीत कार्य रहेको समितिको ठहर छ । तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा पुष्पा बुढाथोकी, उपाध्यक्षहरू बीना पहरी नगरकोटी (पहाड), रीना थकाली (हिमाल), माया चौधरी (तराई) र महासचिवमा विनिता आलेमगरलाई चयन गरिएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।