चखेवा–सेखुवा सडक कालोपत्रेमा भइरहेको ढिलासुस्तीका विषयमा जिससको चासो

खोटाङ । जिल्ला समन्वय समिति खोटाङले पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका विषयमा चासो देखाएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बुधबार पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, धुलिखेलका प्रमुख सिनियर डिभिजन इन्जिनियर दिपेन्द्र पाण्डेय नेतृत्वको टोलीलाई कार्यकक्षमा बोलाएर दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत पर्ने चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका बारेमा चासो देखाएका हुन् ।

जिसस प्रमुख राईले म्याद गुजारेपछि पटक–पटक म्याद थप गर्दा पनि सडक कालोपत्रेको काम सम्पन्न नभएकोमा सिनियर डिभिजन इन्जिनियर पाण्डेयलाई प्रश्न गरेका छन् । प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, निर्माण कम्पनीका प्रतिनिधि लगायतको उपस्थितिमा जिसस प्रमुख राईले मध्यपहाडीको कालोपत्रेको काममा ढिलासुस्ती हुँदा समग्र खोटाङकै ‘इमेज’ बिगारिरहेको चर्चा गरेका छन् । 

निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाई जेभी, काठ्माण्डौंले ३० फागुन २०७५ मा सम्पन्न गर्ने गरि २ चैत २०७२ मा चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको ठेक्का सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद १३ पुस २०७७ मा, दोश्रो म्याद १३ असार २०७८ मा र तेश्रोपल्ट थप भएको म्याद ३० फागुन २०७८ मै गुज्रिसकेको छ ।

हालसम्म ३४ प्रतिशत काम सकिएको सिनियर डिभिजन इन्जिनियर पाण्डेयले जानकारी दिए । चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको काम सकिएपछि भोजपुरदेखि खोटाङ हुँदै काठ्माडौं आवत–जावत गर्न स्थायीरुपमा छोटो र सहज बाटो खुल्ने छ । तर निर्माण व्यवसायीले डेढ वर्षदेखि काम अलपत्र पारेको छ । 

जिसस प्रमुख राईले मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डभित्रका पंखुखोला, छेपे खोला, मेवा खोला र भालु खोलामा पक्की पुल निर्माणमा ढिलासुस्ती भइरहेको बारेमा पनि प्रश्न उठाएका छन् । ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनको ढिलासुस्तीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पंखु खोला पुल चार वर्र्षदेखि अलपत्र छ ।

२०७५ साल असार मसान्तमै सम्पन्न भइसक्नुपर्ने पुलको हालसम्म सिरुवा कन्ट्रक्सनले दुई किनारामा पिलर मात्र ठड्याउने बाहेकका काम गर्न सकेको छैन । पंखु खोला पुल र चखेवाभञ्ज्याङ–सेखुवा सडकको ठेक्का तोड्ने प्रकृया अघि बढिसकेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, धुलिखेलले जनाएको छ । 

यस्तै, छेपे खोला पुल निर्माणको काम आगामी जेठ १३ सम्ममा सम्पन्न हुने, मेवा खोला पुलको डिजाइन स्वीकृत भइसकेको तथा भालु खोलाको पुलको डिजाइन स्वीकृतिको चरणमा रहेको जानकारी दिइएको छ । 

जिसस प्रमुख राईले मध्यपहाडी लोकमार्ग अन्तरगत जयराम–हलेसी सडक खण्डको आवधिक मर्मत कार्य, घुर्मी–खुर्कोटबीचका पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा समेत आवाज उठाएका छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।