चमात्कारिक अवस्था बाहेक यही सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्था बाहेक यही सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको उल्लेख गर्नुभएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उहाँले निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो ।

‘सरकार परिवर्तन नहोला भन्दिनँ तर यही गठबन्धनको सरकार बन्ने राष्ट्रिय परिदृश्य म देख्दैछु’ मुख्यमन्त्री राईले भन्नुभयो । मुख्यमन्त्री राईले कर्मचारी स्थायी सरकार भएको स्मरण गराउनुहुँदै आफूले सरकार सञ्चालनका क्रममा कर्मचारीलाई सहयोगीभन्दा सल्लाहकारको रुपमा लिएको बताउनुभयो । ‘कर्मचारीका सवालमा हिजो हामीले कुनै रंग हेरेनौं, बिरालो कालो होस्् वा सेतो मुसा मारे पुग्छ भनेझैं हामीलाई काम चाहिएको छ’ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री राईले कर्मचारी जागीर खान मात्रका लागि नभई कामका लागि भएकाले सबै कर्मचारीले पाएको र दिइएको जिम्मेवारीअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले सरकार फेरिने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताउँदै एउटा सरकारले गरेको कामको दायित्व र जिम्मेवारी अर्को सरकारका लागि बोझ नहोस् भन्नेतर्फ कर्मचारी नै सजग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले आफू सरकारको नेतृत्वमा आउनुपूर्व पूर्ववर्ती सरकारले बहुवर्षीय योजनासहितका टुक्रे योजनामा गरेको खर्चले निकै ठूलो तनाव सहनुपरेको उल्लेख गर्नुभयो । ‘जोसुकैको सरकार होस् स्रोत सुनिश्चित छैन भने बजेटमा उल्लेख नगरौं भनेर कर्मचारीले भन्न सक्नुपर्छ, हैन भने अर्कालाई भार पर्छ’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘म कर्मचारी वर्गलाई भन्न चाहान्छु नहुने, नमिल्ने काम छ भने निर्धक्क भएर हुँदैन भन्नुपर्छ, अनि हुने काम छ भने स–सना छिद्र खोजेर अल्झाउनु पनि हुँदैन ।’ उहाँले नागरिकलाई आपत्बिपद् पर्दा सरकार छिटो परिचालन भएको महशुस हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा प्रदेश सरकारअन्तर्गतका विभिन्न १७ वतटा मन्त्रालय तथा निकायको प्रगति विवरण प्रस्तुत गरिएको थियो । विभिन्न मन्त्रालय तथा निकायबाट प्रगति विवरण प्रस्तुत भएपछि प्रदेश नं. १ का निमित्त प्रमुख सचिव किशोरकुमार चौधरीले प्रदेश सरकारको समग्र अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा प्रकाश पार्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।