खोटाङमा बाँदर नियन्त्रणका लागि गाउँपालिका समक्ष हारगुहार

खोटाङ, ८ पुस । खोटाङको जन्तेढुंगा गाउँपालिकाका किसानले बाँदर लगायतका वन्यजन्तु नियन्त्रणको माग गरेका छन् । बाँदर, मृग, दुम्सी लगायतका वन्यजन्तुले खेतबारीका बालीनाली सखाप पारेको भन्दै जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका किसानले नियन्त्रणको माग गरेका हुन् ।

साविकको चिसापानी–१ देखि ६ सम्मका किसानको समुहले गाउँपालिका पुगेर गाउँपालिका अध्यक्ष अरुणादेबी राई र उपाध्यक्ष खेमबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउँदै बाँदर लगायतका जंगली जनावरको आतंक नियन्त्रणको माग गरेका छन् । 

सावा खोला किनारमा रहेको देउराली चुनिया सामुदायिक वनबाट निस्कने बाँदर, मृग र दुम्सीले गहुँ, मकै, कोदो, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाइदिएपछि स्थानीय सरकारलाई गुहार्नुपरेको खुटाका किसान भुवन कार्कीले बताए । बाँदर नियन्त्रणको माग गर्दै खुटाका दुई तीन सय किसान गाउँपालिका पुगेका थिए । ज्ञापनपत्रमै करिब सय जनाको हस्ताक्षर समेटिएको छ । 

 ६ वडा रहेको जन्तेढुंगा गाउँपालिकाका सबै वडामा बाँदरको समस्या छ । त्यसमा पनि नदी तथा खोलाको किनार आसपासका बेँसी क्षेत्र र जंगल आसपासमा बाँदरको समस्या बढि छ । बाँदरले टुसाउँदै गरेको अन्नबालीदेखि पाकेर भित्र्याउन लागिएको अवस्थाका मकै, कोदो, आलु, फलफुल, अम्रिसो लगायतका बोटबिरुवा बिनास पार्ने गरेका छन् ।

एकै पटकमा डेढ–दुई सयको हुलमा आउने बाँदरले वर्षेनी मकैको सुत्ला च्यात्ने, घोगा नष्ट गर्ने, गहुँ, कोदोको बिउ उखेल्ने, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरा नष्ट गर्दा किसानले हैरानी खेप्नु परेको छ । 

बाँदरले  अन्नबाली, फलफुल र तरकारी सखाप बनाएपछि कृषि उत्पादनमा ह्रास आउँदा निम्तिने भोकमरीका कारण बसाई सर्नुपर्ने अवस्था आएको किसानको गुनासो छ । गाउँलेले मिलेर धपाए पनि केही दिनमै फर्किने बाँदरले घरभित्र भण्डारण गरेको अन्न तथा आँगनको थाँक्रोमा राखिएको मकैको झुत्ता नै उठाएर लैजाने गरेको छ । बाँदरले फल्न, फुल्न र पाक्न लागेको बालीनालीमा असर पुर्‍याउँदाको परिणाम उत्पादन घट्दा कतिपय गाउँ बजारबाट किनेर ल्याइएको अन्नमा निर्भर रहनुपर्ने बाध्यता सिर्जना भएको कार्कीले बताए । 

जन्तेढुंगा गाउँपालिका–२ बोपुङका किसानले पनि २०७५ भदौमा गाउँपालिका पुगेर बाँदर नियन्त्रणका लागि स्थानीय सरकारलाई गुहारेका थिए । २०७५ बैसाखदेखि भदौकोबीचमा जन्तेढुंगा गाउँपालिका–१ देबिस्थान, जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय, जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ लगायतका किसानले पनि बाँदरको समस्या नियन्त्रणका लागि ज्ञापनपत्र बुझाएका थिए ।

बाँदर धपाउनका लागि हतियार चलाउन पाउनुपर्ने वा गाउँपालिकाबाटै बाँदर धपाउने हेरालु राख्ने व्यवस्था मिलाउनुपर्नेदेखि बाँदरले पुर्‍याएको क्षति बराबरको क्षतिपुर्ती पाउनुपर्ने वा अन्यत्रै बसाईं सार्नुपर्ने किसानको माग छ । तर, बाँदरको समस्या नियन्त्रणका लागि ठोस विधि र उपाय अभावमा किसानको माग पूरा हुन सकेको छैन । 

 पहिला–पहिला बन्दुक पड्काएर बाँदर धपाउने गरिएकामा पछिल्लो समय त्यसमा रोक लगाइएपछि बाँदर आतंक बढ्दैगएको हो । बाँदर नियन्त्रणका लागि कतिपय ठाउँमा धराप र पासो समेत थाप्ने गरेको पाइएको छ । बाँदर लाग्ने क्षेत्रमा खेतबारीको डिलमा टहरा बनाएर बस्ने, भुक्ने कुकुर बाँध्ने वा थोत्रो लुगाको मानव आकृति बनाएर राख्ने प्रचलन यथावत छ । 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।