व्यवसायिक बाख्रापालनमा किसान

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यवसायिक बाख्रापालनमा लागेका छन् । दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरीले व्यवसायिक बाख्रापालन थालेका हुन् ।

उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) लागु भएपछि यहाँका विपन्न किसानमा व्यवसायिकता देखिएको हो । किसान समूहसँगको सहलगानीमा आयोजनाले बियाडका लागि बोयर बोका वितरण गरेको छ । किसान समूहले बोयर बोका पाएपछि यी दुवै गाउँमा खरी बाख्राको नश्न सुधार गरेर बोयरका पाठापाठी उत्पादन सुरु भएको छ ।

गाउँमा पहिलोपटक बोयर भित्रिएपछि समूहभन्दा बाहिरका किसानले समेत लाभ लिइरहेको स्थानीय किसान गोमा कार्कीले बताउनुभयो । यहाँका किसानले खोर सुधार र घाँस खेती समेत अभियानकै रुपमा थाल्ने योजना रहेको बताएका छन् । समृद्धि आयोजनाले किसान समूहमा वित्तीय तथा प्राविधिक शिक्षा, बजार सञ्जाल विस्तारलगायतका क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ ।

तनहुँको उदाहरणीय वृद्धाश्रम
डुम्रे, १७ पुस (रासस)ःअधिकांश वृद्धाश्रम परनिर्भरतामा चले पनि तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित ज्येष्ठ नागरिक चौतारी (वृद्धाश्रम) भने उदाहरणीय छ ।

यस आश्रममा आश्रित ज्येष्ठ नागरिकले आफैँ तरकारी र दूध उत्पादन गर्दै आएका छन् । विगतमा घरमा रहँदाखेरीको सिकाइ र भोगाइलाई यहाँ पनि उपयोग गरी तरकारी र दूध उत्पादन गर्दै आएको राष्ट्रिय परोपकार महासङ्घ नेपाल जिल्ला कार्यसमितिका अध्यक्ष तारानाथ घिमिरेले बताउनुभयो ।

“यहाँ आश्रित ज्येष्ठ नागरिक आफैँले बारी खनेर तरकारी लगाउने गरेका छन् । हामी रासायनिक मल प्रयोग गर्दैनौँ । प्राङ्गारिक मल प्रयोग गरेर तरकारी उत्पादन गर्छौं”, उहाँले भन्नुभयो, “आश्रममा बस्दै आएका काम गर्नसक्ने सबैले सकेको काम गरेर प्राङ्गारिक उत्पादन नै खाने गरेका छन् ।”

यहाँका ज्येष्ठ नागरिकलाई बाहिरबाट सहयोगस्वरुप आएको खाद्यान्न, तेल, नुन, चिनीलगायत अत्यावश्यक सामग्री प्राप्त हुने गरेको र आफैँले पनि बारीमा उत्पादन गरेको खानेकुरा धेरै मिठो हुने गरेको यहाँ आश्रित ज्येष्ठ नागरिकले बताए ।

“हामी तरकारी र दूधमा आत्मनिर्भर छौँ । रासयनिक मल होइन हामीले गाईको मल प्रयोग गरेर आफैँ खटिएर तरकारी लगाउँछौँ । किनेर खानुपर्ने तरकारी पनि हाम्रो भएको जमिनमा उत्पादन गरेरै खान्छौँ”, राष्ट्रिय परोपकार महासङ्घ नेपाल जिल्ला कार्यसमितिका उपाध्यक्ष सुवेदार बलबहादुर रानाभाटले भन्नुभयो ।

अहिले बारीमा हिउँदे तरकारी प्रशस्त रहेको र आश्रमको स्वामित्वमा नै रहेको एक रोपनी जग्गामा खेतीपाती गर्दै आएको उहाँको भनाइ थियो । “यहाँ उत्पादित तरकारीले आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई पुग्छ । बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन । चैत, वैशाखका लागि नयाँ तरकारीको बिरुवा रोपिएको छ । अब लहरे तरकारीको याममा रोप्नका लागि टनेल तयारी गर्नुपर्ने बेला भएको छ”, उपाध्यक्ष रानाभाटले भन्नुभयो ।

तरकारी उत्पादन गर्न यहाँ पालिएको गाईको गोबर, गहँुत प्रयोग गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो । आश्रमको करेसाबारीमा काउली, बन्दा, भेन्टा, कागती, धनियाँ, मूला, साग, ब्रोकाउलीलगायत तरकारी प्रशस्त मात्र फलेका छन् । तरकारीसँगै उब्जिने घाँस र कँुडोले यहाँका गाई पालिएका छन् ।

आश्रममा कहिले पनि दुहुँनो गाई टुट्दैन । गाईपालनले आश्रममा आउने सहयोगदाता र भेटघाटका लागि आउने पाहुनालाई जुनसुकै समय दूध खुवाउन सकिन्छ । आश्रमले हाल पाँच वटा गाई पालेको छ । ती गाईबाट आएको दूधले पूर्णरुपमा पुग्ने गरेको उहाँले बताउनुभयो ।

तरकारीखेती गर्दै आएको स्थानमा हालसम्म रासायनिक मल प्रयोग नभएको र बालुवा रहेको स्थानलाई उत्पादनमुखी बनाउन यहाँ आश्रित ज्येष्ठ नागरिकको एकताले सफल भएको उहाँको जिकिर थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।