पाँच वर्ष बित्दा पनि देवी विकको ह’त्यारा पत्ता लागेन, परिवार पुगे गाउँपालिका

खोटाङ, १८ पुस  । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेकी ३७ वर्षीया देवी विकको ह’त्यारा पत्ता लगाउन माग गर्दै परिवारले स्थानीय सरकारलाई गुहारेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माईती पुगेर २०७४ साउन ४ गते घर फर्कनेक्रममा बाटैमा बि’भत्स ह’त्या गरिएको अवस्थामा भेटिएकी देवीको ह’त्यारा पत्ता लगाएर कानुनी कारबाहीका लागि परिवारले स्थानीय सरकार समक्ष गुहार मागेका हुन् । 

 सोमबार जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेबी राई र उपाध्यक्ष खेमबहादुर खड्कालाई ज्ञापन–पत्र बुझाउँदै ससुरा पृथीमान बिक, श्रीमान मानबहादुर बिक, छोरा योगेश विक र छोरी सुजता विकले चाँडोभन्दा चाँडो देवीको हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् । प्रहरीको अनुसन्धानबाट हालसम्म दोषी पत्ता नलागेकाले स्थानीय सरकारलाई गुहार्नु परेको श्रीमान पृथीमानले बताएका छन् । 

माईतीबाट घर फर्कनेक्रममा सम्पर्कविहिन बनेकी देबी दोश्रो दिन २०७४ साउन ५ गते जन्तेढुंगा गाउँपालिका–३ काहुलेको छिमावास्थित नेप्टे जंगलमा वि’भत्स ह’त्या गरिएको अवस्थामा फेला परेकी थिइन् । उनको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट र’गग बगिरहेको अवस्थामा भेटिएकाले घट्नालाई शंकास्पद मानिएको हो । तर, प्रहरीले हालसम्म ‘घट्नामा कसको संलग्नता थियो, घट्नाको कारण के थियो’ भन्ने प्रश्नको जवाफ अझै बाहिर ल्याउन नसकेपछि पिडित परिवार गाउँपालिका पुगेका हुन् । 

२०७३ माघ २६ गते बुधबार विभत्स अवस्थामा मृ’त फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र २०७४ जेठ १६ गते ह’त्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको ह’त्यारा समेत हालसम्म गुमनाम छ । छ महिनाको अवधिमा भएका तीन महिलाको वि’भत्स र पासविक ह’त्याको घट्ना प्रकृति पनि उस्तै–उस्तै देखिन्छ । तर, तीन जना महिला ह’त्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन । जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा पिडित परिवार त्रसित छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।