दमकबाट प्र’तिबन्धित ला’गुऔ’षध सहित २ जना पक्राउ

झापा, पुस २१ । झापाको दमक नगरपालिका-१ र ९ स्थितबाट प्र’तिबन्धित ला’गुऔ’षध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फाकफोकथुम गाँउपालिका- ४ ईलाम घर भई हाल दमक -१ कुमाल चोक बस्ने ३९ बर्षीय धनराज आले र दमक – ९ की २३ बर्षीया अनिशा कार्की रहेका छन् । बुधबार साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ५१०७ नम्बरको मोटरसाईकल चालक आलेलाई चेकजाँच गर्दा निजको साथबाट ८ सय मिलिग्राम ब्रा’उन सु’गर फेला पारी नियन्त्रणमा लिएको हो भने सोही दिन दमक- ९ स्थित रहेको चिया दोकानमा बसिहेको अवस्थामा २६ बर्षीय कार्कीलाई चेकजाँच गर्दा कार्कीको साथबाट २ ग्राम ब्रा’उन सु’गर फेला पारी पक्राउ गरेको हो ।

पक्राउ गरेका दुबै जनाको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

अठहत्तर वर्षमा नागरिकता
सोलुखुम्बु, २१ पुस (रासस)ः
सोलुखुम्बु जिल्लाका एक वृद्धले ७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । विसं २००१ चैत ३ गते जन्मिनुभएका सोताङ गाउँपालिका– १ का शुक्रबहादुर राईले ७८ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।

आफन्त सबै गुमेकाले एक्लो रहँदै आउनुभएका उहाँ सनाखत गर्ने व्यक्तिसमेत नहुँदा नागरिकता पाउनबाट वञ्चित हुनुभएकामा जनप्रतिनिधिको पलहमा नागरिकता बनाउनुभयो े । थुलुङ दूधकोसी गाउँपालिका– ५ का पूर्ववडाध्यक्ष प्रेमकुमार राई, वर्तमान वडाध्यक्ष चन्द्रबहादुर राई र सोताङ गाउँपालिका–१ का वडाध्यक्ष जङ्ग गुरुङको पहलमा नागरिकता उपलब्ध गराइएको थियो । राई एक वर्षकै उमेरदेखि जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका– ५ जुबुमा अर्काको जग्गामा बस्दै आउनुभएको वडा कार्यालयका कम्प्युटर अपरेटर जेपी थुलुङको भनाइ थियो ।

जुबुका दोर्जे राईको जग्गामा डेरा बनाइ बसिरहनु भएका उहाँ नागरिकता नभएकै कारण सरकारबाट प्राप्त हुने सेवा तथा सुविधाबाट वञ्चित हँुदै आउनुभएकामा अब भने सामाजिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रियासमेत सुरु गरिएको वडाअध्यक्ष चन्द्रबहादुर राईले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।