व्यावसायिक बेसार खेतीले कृषकको आर्थिक सुधार

हरिकुमार राई/उदयपुर, २२ पुस (रासस)ः जिल्लाका पश्चिमी र पूर्वी पहाडी क्षेत्रका कृषकले केही वर्षदेखि परम्परागत बेसार खेतीलाई व्यावसायिकरुप दिइ अर्थोपार्जन गर्दै आएका छन् ।

जिल्लाको चौदण्डी गढी नगरपालिकाको सावा सिद्धीपुर, रौतामाई गाउँपालिकाको रौता, आपटार, त्रियुगा नगरपालिकाको साउने, खाँबु तथा उदयपुरगढी गाउँपालिकाको भलयाडाँडा र डुम्रेजस्ता पहाडी क्षेत्रमा अहिले व्यावसायिकरुपले बेसार खेती विस्तार हुँदै गएको हो ।

जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्ली कटारी नगरपालिकाको सिरीसे, सोरङछबीसे, हर्देनी, मयङखु र ताप्लीको मादले, ठानागाउँ क्षेत्रमा पनि अहिले व्यापकरुपमा बेसार खेती विस्तार हुँदै गएको त्यहाँका कृषक बताउँछन् ।

जिल्ला कृषि ज्ञानकेन्द्रका अनुसार चौदण्डीगढी नगरपालिकाको सिद्धीपुर, त्रियुगा नगरपालिकाको साउने, खाँबु, चिलाउने, रौतामाई गाउँपालिकाको आँपटार, चिसापानी, सल्ले, पोखरे, उदयपुरगढी गाउँपालिकाको डुम्रे, भलायाडाँडासहित ताप्लीको रुपाटार, ठानागाउँ क्षेत्रलाई अहिले बेसार ‘जोन’ नै घोषणा गरिएको छन् ।

चौदण्डी गढी नगरपालिकाको सिद्धीपुरका कृषकले लामो समयदेखि परम्परागतरुपमा बेसार खेती गर्दैआएकामा दश वर्षयतादेखि व्यावसायिकरुपमा खेती गर्न थालेको स्थानीय कृषक रोहित दर्लामीमगर बताउनुहुन्छ ।
“विगतमा आफूहरुले परम्पगतरुपमा थोरै मात्र बेसार खेती गर्ने गरेका थियौँ तर २०६८ सालदेखि काभ्रेको पाँचखालबाट सुगन्धा जातको उन्नत प्रजातिको आधुनिक बेसारको बीउ झिकाएर व्यावसायिकरुपले खेती सुरु गरिएकामा अहिले गाउँका प्रत्येक कृषकले बेसार उत्पादनबाट वार्षिक रु तीन लाखदेखि रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छौँ ।”

कृिष ज्ञानकेन्द्रको सहयोग र परामर्शमा बेसार खेती गर्दै आउनुभएका सिद्धीपुरका कृषक लोकेन्द्रबहादुर समालमगर भन्नुहुन्छ, “विगतमा परम्परागतरुपले बेसार खेती गर्दा वार्षिक रु ५० हजारको आम्दानी हुने गरेकामा व्यावसायिकरुपमा खेती सुरु गरेपछि वार्षिक रु चार लाखभन्दा माथिको आम्दानी हुने गरेको छ ।”

उक्तकेन्द्रको सहयोगमा आधुनिक सुगन्धा प्रजातिको बेसारको बीउ उपलब्ध गराएरकाले रौतामाई गाउँपालिकाको सल्ले, भुटार, आपटार, नामन्त, पोखरे क्षेत्रका कृषकले पनि पाँच वर्षदेखि व्यावसायिकरुपमै बेसार खेती गर्दै आएको रौता सल्लेको कृषक विष्णु पाठक बताउनुहुन्छ ।
उहाँका अनुसार दुई वर्षदेखि आफूलगायत गाउँका केही कृषकले रु ५० हजारदेखि रु डेढ लाखसम्मको बेसार बिक्री गर्न थालेका छन् ।

चौदण्डीगढी नगरपालिकका प्रमुख कालु लामाका अनुसार अहिले सिद्धीपुरलाई नगरपालिकाले पहिलो बेसार पाकेट क्षेत्र घोषणा गरेर प्रत्येक घरका कृषकलाई प्रोत्साहन गर्न आर्थिक सहयोग उपलब्ध गराउने र तालिमको समेत व्यावस्था गरेपछि यहाँका कृषकले बेसार उत्पादनमा तीव्ररुपमा फड्को मारेका छन् ।

अहिले सिद्धीपुर क्षेत्रबाट मात्र वार्षिक रु अढाइ करोडको हाराहारीमा बेसार बिक्री हुन थालेको उहाँ बताउनुहुन्छ । सिद्धीपुर क्षेत्रबाट उत्पादन हुने बेसार सिधै बिराटनगरस्थित गोल्छा तथा दुगड कम्पनीका मिलले खरिद गर्न थालेपछि अहिले बेसार बिक्रीका लागि बजारसमेत सहज भएको नगरप्रमुख लामाको भनाइ छ ।

आव२०७८÷०७९ को तथ्याङ्कअनुसार जिल्लामा अहिले झण्डै पाँच सय ७९ हेक्टर जमिनमा बेसार खेती विस्तार भइसकेको र यस वर्ष दुई हजार नौ सय ९३ मेट्रिकटन बेसार उत्पादन भएको केन्द्रका सूचना अधिकारी महेश चौधरी बताउनुहुन्छ ।
जल्लामा अहिले कूल उत्पादनको ३० प्रतिशत बेसार चौदण्डीको सिद्धीपुर क्षेत्रमा उत्पादन हुने गरेको छ ।

यस्तै बेलका नगरपालिकको बबला, मैनामैनीसहित जिल्लाको पश्चिमी क्षेत्रको ताप्ली क्षेत्रमा अहिले बेसार उत्पादन बढेको केन्द्रका कर्मचारी बताउँछन् । उदयपुरगढी भलायाडाँडाका कृषक राजबहादुर अधिकारीका अनुसार सात वर्षदेखि भलायाडाँडा क्षेत्रमा आफूसहित ११ घर कृषकले व्यावसायिकरुपले बेसार खेती गर्दै आएको र अहिले प्रत्येक घरका कृषकले न्यूनतम रु एक लाखदेखि रु चार लाखसम्मको बेसार बिक्री गर्ने गरेका छन् ।

स्थानीय पालिकाले समेत अहिले आफ्ना क्षेत्रभित्र बेसार उत्पादन हुने र व्यावसायिक बेसार खेती हुने क्षेत्रलाई बेसार पाकेट क्षेत्र घोषणा गरेका छन् । त्रियुगा नगरपालिकाले साउने, खाँबु, चिलाउने, रानीबास, क्षेत्रलाई बेसार पाकेट क्षेत्र घोषणा गरेको छ भने बेलुका नगरपालिकाले बबला, मैनामैनी क्षेत्रलाई, चौदण्डीगढीले सिद्धीपुर क्षेत्र र उदयपुरगढीले भलायाडाँडा र डुम्रे क्षेत्रलाई बेसार पाकेट क्षेत्र घोषणा गरेका हुन् ।

विसं २०६७ सम्म जिल्लामा ५० हेक्टर जमिनमा मात्र परम्परागत बेसार खेती हुँदै आएको थियो भने २०७९ सालसम्म आइपुग्दा जिल्लामा बेसार खेती विस्तार हुँदै पाँच सय ८९ हेक्टर जमिनमा खेती विस्तार भइसकेको उक्त केन्द्रले जनाएको छ ।

आधुनिक बेसार खेती विस्तार र उत्पादनसँगै अहिले व्यावसायिक कृषकले न्यूनतम रु एक लाखदेखि अधिकतम रु आठ लाखसम्मको बेसार बिक्री गर्न थालेका छन् ।

पछिल्लो एक दशकमा जिल्लाका कृषकको आर्थिक आम्दानीका स्रोतमध्ये नगदे बालीको रुपमा अदुवा, तेजपात, सुन्तलासँगै बेसार खेती पनि विस्तार भएकाले यसलाई अझ व्यवस्थित र व्यावसायिक बनाउन सके पहाडी क्षेत्रका ४० प्रतिशत कृषकले आर्थिक लाभ लिनसक्ने गाईघाटस्थित त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रध्यापकद्वय अशोक राई बताउनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।