खोटाङमा लिफ्टिङ खानेपानी योजना शिलान्यास

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा साप्सु खोलाको पानी गाउँमा निकालेर वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा खानेपानीको सुविधा विस्तारका लागि मेवा दोभान, साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको हो । शनिबार लफ्याङमा साप्सु खोला किनारमा संविधानसभा सदस्य अर्जुन राईले विधिवत लिफ्टिङ खानेपानी योजना शिलान्यास गरेका हुन् । 

साप्सु खोलाको पानी पाँच हजार एक सय मिटरमाथि रहेको मझुवागढी देविस्थानमा निकालेर दुई हजार ८५ परिवालाई वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना सुरु गरिएको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङमार्फत ५४ करोड ६७ लाख ९० हजार ७१६ (भ्याट तथा पिएस सहित) मा मृत सञ्जिवनी–सगरमाथा जेभी, काठमाडौंले लिफ्टिङ खानेपानी योजनाको ठेक्का लिएको छ ।

निर्माण कम्पनीले आगामी ०८२ भदौ ४ गतेसम्मा सम्पन्न गर्नेगरी ०७९ साउन २२ गते लिफ्टिङ खानेपानी योजनाको सम्झौता गरेको हो । मृत सञ्जिवनी–सगरमाथा जेभीले २०७९ भदौ ५ गतेदेखि काम सुरु गरेको जनाएको छ । खानेपानीको बढ्दो समस्या समाधानका लागि खोलाको पानी निकाल्ने योजना सुरु गरिएको मेवा दोभान, साप्सु कालिका देबिस्थान लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईले बताए । 

लिफ्टिङ खानेपानी योजना अन्तरगत ६१ वटा आरभिटी ट्यांकी, एक वटा ट्रिटमेन्ट प्लान्ट, एक वटा कार्यालय भवन, एक वटा सम्प वेल, सात वटा गार्ड हाउस लगायतका संरचना बन्ने छ । यस्तै, १०३ किलोमिटर वितरण पाईपलाईन र खोलादेखि पाँच हजार एक सय ट्रान्समिसनलाईनको काम हुने मृत सञ्जिवनी–सगरमाथा जेभीका इन्जिनियर हरिदेवकिशोर रजकले बताए । ६ वटा ट्यांकीमार्फत खोलाको पानी प्रतिसेकेण्ड २५ लिटरका दरले देविस्थानमा निकाल्ने योजना सहित लिफ्टिङको काम अघि बढाइएको हो ।

हालसम्म कट्वाल गाउँमा सय घनमिटरको ट्यांकी, देविस्थानमा कार्यालय, खोलाभन्दा केहीमाथि ट्रिटमेन्ट प्लान्ट प्लान्ट, आरभिटी ट्यांक, गार्डहाउस लगायतका संरचना बनिरहेको इन्जिनियर रजकले बताए । आयोजनाबाट बाम्राङका ५६३, खाल्लेका ७८९ र लफ्याङका ७३२ घरधुरी लाभान्वित हुनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।