मनोहरा नदीको तटीय भाग र आसपास ८४ प्रजातिका चरा भेटिए

भादगाउँ, २७ पुस (रासस)ः मनोहरा नदीको तटीय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिएका छन् । वन्यजन्तु फोटोग्राफर तथा पक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले मङ्गलबार गरेको चरा गणनामा उक्त क्षेत्रमा आगन्तुक र स्थानीय गरी ८४ प्रजातिका चरा भेटिएका हुन् ।

मिड विन्टर वाटरवर्ड काउन्ट २०२३ अन्तर्गत गरिएको चरा गणनामा विगत वर्षको तुलनामा कम सङ्ख्यामा चरा भेटिएको फोटोग्राफर श्रेष्ठले बताउनुभयो । बढ्दो सहरीकरण र नदी तटीय क्षेत्रमा मानवीय अतिक्रमण, सहरीकरणलगायत कारणले पछिल्लो समय चराहरुको सङ्ख्यामा उल्लेख्य कमी आइरहेको उहाँको भनाइ थियोे ।

फोटोग्राफर श्रेष्ठकाअनुसार खोला आसपास क्षेत्रमा बढ्दो निर्माण, डोजर र ड्रिल आदिको प्रयोगले चराचुरुङ्गीको बासस्थान विनाश हुँदै गइरहेको छ ।

जल पक्षीहरुको सङ्ख्यामा कमी आउनाको अर्को कारक खोलाको पानी प्रदूषित बन्नु पनि रहेको छ । खोलामा जथाभावी फोहर फ्याँक्ने, ढल मिसाउने, विभिन्न उद्योग कलकारखाना आदिबाट फिल्टर नगरी वा प्रशोधन नगरी नदीमा सिधै पानी विसर्जन गर्ने गरिएकाले पनि पानीमा निर्भर रहने माछा, भ्यागुतो र किराहरूको अभाव हुन गई त्यस्मा निर्भर रहने चराहरुको संख्यामा समेत कमी हुन गएको चरा गणनामा संलग्न अर्का फोटोग्राफर चन्द्र चक्रधरले बताउनुभयो । “नदी प्रदूषणले गर्दा प्राकृतिक प्रणालीमा असर परेको देखिन्छ जस्का कारण खाद्य चक्रमा समेत असर परी चराहरुको सङ्ख्यामा कमी आएको छ,” उहाँले भन्नुभयो ।

मनोहरा क्षेत्रमा अर्को ठूलो समस्याका रुपमा रहेको बालुवा चोरी निकासीले गर्दा चराहरूको सङ्ख्यामा कमी आएको टोलीको निष्कर्ष छ । बालुवा तस्करीका कारण खोला आसपासमा मानवीय गतिविधि बढ्दै गएको, चराहरुको प्रजनन गर्ने सुरक्षित स्थान अभाव हुँदै गएको अर्का टोली सदस्य तथा चराप्रेमी सुरेश खम्बु श्रेष्ठले बताउनुभयो ।

मनोहरा नदी र मध्यपुर थिमि–८ र ९ मा रहेको मनोहरा मिनी कोसीटप्पुमा साइप्रस र युरोपका विभिन्न देशहरुबाट जाडो छल्नका लागि विभिन्न प्रजातिका आगन्तुक चराहरु आउने गर्दछन् । मनोहरा नदी आसपास चरा गणनामा श्रेष्ठको नेतृत्वमा फोटोग्राफरहरु चन्द्र चक्रधर, विनय श्रेष्ठ, बर्ड वाचर राम श्रेष्ठ, विद्यार्थी आयुशा पौडेल, चराप्रेमीहरु सुरेश खम्बु, विक्की अदुवा र शैलेन्द्र भासिक सहभागी थिए ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।