खाना नपकाएको कारण श्रीमतीलाई कु’टपिट गरी ह’त्या गर्ने भोजपुरका घिसिङ पक्राउ
झापा, पौष २८ । झापाको अर्जुनधारा नगरपालिका-९ स्थितबाट श्रीमतीलाई कु’टपिट गरी ह’त्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा-९ स्थितमा डेरा गरी बस्दै आएका अरुण गाँउपालिका-१ भोजपुरका ३५ का बिश्वराज घिसिङ रहेका छन । घिसिङले मंगलबार बेलुकी ३६ बर्षीया श्रीमती प्रमिला भुजेलले खाना नपकाएको कारण सामान्य वादबिवादको क्रममा लात्तिले पेटमा हानेका थिए । श्रीमानको कुटाईबाट उनको घटना स्थलमा नै मृ’त्यु भएको थियो ।
लात्ति हानी श्रीमतीको ह’त्या गर्ने श्रीमानलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
यो पनि…
गृहमन्त्रीको निर्देशन- आदेश होइन कानुनको पालना गर्नु
चितवन, २८ पुस (रासस) :उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिनुभएको छ । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।
“सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु”, उहाँले भन्नुभयो, “कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।” उहाँले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिनुभयो ।
उहाँले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नु समेत निर्देशन दिएको स्पष्ट पार्नुभयो । “अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पु¥याउने वा मेरो मान्छे छोडिदेउ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु”, उहाँले भन्नुभयो ।
उहाँले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको उहाँको भनाइ छ । नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी सङ्ठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त काम आफूले गरिरहेको बताउनुभयो । यसका लागि योजना बनाइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले सरकारले छिट्टै पूर्णता पाउने भन्दै आफ्नो पार्टीले विज्ञताका आधारमा सरकारमा सहभागी हुने स्पष्ट पार्नुभयो । सबै निकायसँग समन्वय गरेर मुलुको विकासका काम गरिने उहाँको भनाइ छ ।
देशभर बन्द भएका अवैध क्रसर उद्योग सञ्चालनका विषयमा सचिवस्तरीय छलफल भइरहेको भन्दै उहाँले कानुनको पालना गर्ने विषयमा आफू कटिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
—


