खोटाङको सोल्मा स्पोर्टस् क्लबले वडास्तरीय फुटबल प्रतियोगिता गर्ने

खोटाङ, २८ पुस  । खोटाङको सोल्मा स्पोर्टस् क्लबले माघ दाेस्राे साता वडास्तरीय फुटबल प्रतियोगीता गर्ने तयारी गरेको छ । फुटबलको व्यवसायिक विकासमा टेवा पुर्‍याउने उदेश्यले क्लबले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित खेलमैदानमा ६ माघदेखि १३ माघसम्म वडास्तरीय फुटबल प्रतियोगीता गर्ने तयारी गरेको हो ।

प्रतियोगीतामा प्रथम, दोस्राे र सेमिफाइन टिमले क्रमशः नगद एक लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गर्ने सोल्मा स्पोर्टस् क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले बताए । 

प्रतियोगिताका अनुशासित टिम र बेष्ट प्लेयरलाई पाँच हजार ५५५, बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही तीन हजार ३३३ रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।

एलाभेन साइजको खेलमा खोटाङभित्रका वडालाई मात्र सहभागी गराइने छ । फुटबल टिममा एकै वडाको खेलाडी हुनुपर्ने छ । तीन जना खेलाडी भने खुल्ला हुने क्लबले जनाएको छ । प्रतियोगीताका लागि २७ माघ बेलुका ५ बजेसम्म टिम दर्ता गरिने र २८ माघ खेल तालिका सार्वजनिक गरिने क्लबका अध्यक्ष राईले बताए । 

स्थानीयको अग्रसरतामा सोल्मामा गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लवले फुटबल प्रतियोगीता सञ्चालन गर्दैआएको छ । खेलमैदानको थप काम सुरु भएपछि केही वर्ष यता फुटबल प्रतियोगिता अवरुद्ध भएकोमा खेल मैदानको काम सकिएपछि पुन: फुटबल प्रतियोगीतालाई निरन्तरता दिन लागिएको अध्यक्ष राईले बताए । वडास्तरीय फुटबल प्रतियोगीताको अवसरमा एक जना पत्रकारलाई पाँच हजार ५५५ रुपैयाँ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने क्लबले जनाएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖