कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि रोशन परियारलाई

काठमाडौँ, ३० पुस (रासस) :कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ ।

प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई तीसको दशकदेखि नेपाली साहित्यमा कविता र गीत विधामा पु¥याउनुभएको योगदानका लागि कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कार राशि रु ५० हजार र सम्मानपत्र छ । प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान कवि सुधा एम राई (सिक्किम) र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि रोशन परियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली कविता विधामा दिएका योगदानका लागि कवि राई र युवाकवि परियारलाई ती पुरस्कार सम्मान प्रदान गर्न लागिएको हो । सम्मान र पुरस्कारको राशि जनही क्रमशः रु पन्ध्र हजार र एघार हजार छ ।

प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बल, अध्यक्ष प्रा डा टङ्कप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार आगामी फागुन २० गते विराटनगरमा समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।