इटहरीमा सर्पदंशकी ८ वर्षीया बालिकाको मृत्यु

इटहरी । घरभित्र खेलिरहेका बेला गोमन सर्पले डसेकी सुनसरीको इटहरीकी ८ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–५ की अस्मित चौहानकी छोरी आस्वाना चौहानलाई बुधबार साँझ घरभित्र खेल्ने क्रममा गोमन सर्पले बायाँ हातमा टोकेको थियो । सर्पले टोकेको कुरा उनले तत्काल अभिभावकलाई जानकारी गराएकी थिइनन् । अवस्था गम्भीर भएपछि मात्रै परिवारले घटनाबारे थाहा पाएको थियो ।

परिवारका अनुसार बालिकाले सर्पले टोकेको जानकारी दिएपछि हेर्दा टोकेको हातबाट रगत बगिरहेको थियो । त्यसपछि उनलाई तत्काल नेपाली सेनाले इटहरीमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । अभिभावकका अनुसार बालिकालाई करिब साँझ ६ बजे उपचार केन्द्र पुर्‍याइएको थियो । तर, त्यहाँ १३ वर्षमुनिका बालबालिकाको उपचार गर्न नसकिने जानकारी दिइएको परिवारको भनाइ छ ।

सर्पदंश केन्द्रतर्फ लैजाँदै गर्दा बालिकालाई बान्तासमेत भएको थियो । त्यसपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको काका मनीराज चौहानले बताए ।

उनका अनुसार प्रतिष्ठानमा उपचार सुरु गरिए पनि पीआईसीयू (बाल सघन उपचार कक्ष) खाली नभएको जानकारी दिइएको थियो । सर्पको विषका कारण अवस्था गम्भीर बनेकी बालिकालाई पीआईसीयूमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताए पनि तत्काल उक्त सेवा उपलब्ध हुन नसकेको परिवारको भनाइ छ ।

त्यसपछि थप उपचारका लागि बालिकालाई मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । साँझ करिब ७ः५० बजे अस्पताल पुर्‍याइएकी बालिकालाई चिकित्सकले करिब ८ः१७ बजे मृत घोषणा गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।