पाख्रिबासको मातिम्बुमा हुने खुल्ला पुरुष फुटवल प्रतियोगिताको तयारी तिब्र
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ९ मातिम्बुमा हुने खुल्ला पुरुष फुटवल प्रतियोगिताको तयारीलाई तिब्रता दिईएको छ ।
प्रगतिशिल युबा क्लबको आयोजनामा माघ ४ देखी हुने प्रतियोगिताका लागि अहिले सम्म ७० प्रतिशत तयारी पूरा भएको जनाईएको छ ।
अहिलेसम्म प्रतियोगितामा सहभागिताका लागि सहभागि खेलाडीहरुको टिम दर्ता, मञ्च व्यवस्थापन लगायत आवश्यक काम भईरहेको प्रगतिशिल युबा क्लबका अध्यक्ष कुल वहादुर थापाले वताउनुभयो ।
प्रतियोगिताका विजयी प्रथम टिमले नगद ४० हजार र दोश्रो हुने टिमले नगद २० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुने छ ।


