झापा र भोजपुरबाट प्र’तिबन्धित ला’गुऔ’षध सहित २ जना पक्राउ

बिराटनगर, माघ ६ । झापा र भोजपुरको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेशीसहर नगरपालिका-६ लमजुङ घर भई काठमाण्डौ महानगरपालिका-५ बसपार्क मिलन टोलमा डेरा गरी बस्दै आएका २४ बर्षीया युकेन गुरुङ र भोजपुरको देउरालीका २१ बर्षीय रेबन बराईली रहेका छन् ।

गुरुङलाई हिजो साँझ ७ बजे झापाको भद्रपुर एयरपोर्टबाट काठमाण्डौ जान लागेको अबस्थामा चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध ब्राउन सुगर १२ ग्राम फेला पारी नियन्त्रणमा लिईएको हो । उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

यसै गरी रेवन बराईलीको हिजो अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका वडा नं.१० भैंसीपंखा मेजर चोक स्थितबाट लागुऔषध ब्राउन सुगर ९९० मिलीग्राम सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।

टेम्केमैयुङका दुर्गम चार स्थानमा स्वास्थ्यचौकी
भोजपुर, ६ माघ (रासस) ःभोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यहाँका दुर्गम चार स्थानमा अस्थायी सामुदायिक स्वास्थ्यचौकी स्थापना गरिएका छन् ।

दुर्गम तथा भौगोलिकरुपमा ठूलो रहेको यो गाउँपालिकाका स्थानीयले स्वास्थ्य सेवा लिन तीनदेखि पाँच घण्टाको दूरीमा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले अस्थायी सामुदायिक स्वास्थ्यचौकी स्थापना गरेर सेवा प्रवाहको पहल थालेको हो । दुर्गम भेगमा रहेका स्थानीय सामान्य औषधि उपचार नपाएर अकालमा ज्यान गुमाउनु अवस्था रहेको छ । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ चोलन्ती मझौले, वडा नं २ छिनामखुको रुमला र वादुङ्लामा अस्थायी सामुदायिक स्वास्थ्य चौकी स्थापना गरिएको हो । त्यस्तै वडा नं १ तिम्मा खम्बुखामा पनि स्वास्थ्यचौकी स्थापना गरिएको छ ।

प्रत्येक स्वास्थ्यचौकीमा एक अनमी र एक अहेव रहने गरी जनशक्ति व्यवस्थापन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिनुभयो । केही जनशक्तिको आवेदन माग गरेर छनोट पक्रिया सम्पन्न भएको र अरु थप जनशक्ति भने गाउँपालिकामा पहिला रहेका स्वास्थ्यकर्मीलाई परिचलान गरिने उहाँको भनाइ छ ।

“हामीले चार स्थानमा अस्थायी स्वास्थ्यचौकी स्थापना गरेको छौँ”, प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले भन्नुभयो, “आवश्यक पर्ने जनशक्तिको आवदेन माग गरेर करारमा छनोट गरिएको छ । हामी अहिले सेवा सुरु गर्ने अन्तिम आवस्थामा छौँ ।”

अहिले भाडामा घर लिएर काम सुरु गर्ने तयारी गरिएको छ । आफ्नै भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयसँग बजेट माग गर्नेसमेत प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो । “स्थानीयले भोगेको स्वास्थ्य समस्यालाई ध्यानमा राखेर तत्काललाई भाडाको घरबाट सेवा दिने गरी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “आफ्नै संरचना निर्माण गर्नको लागि केन्द्र सरकारसँग बजेट माग गरेका छौँ ।”

नौ वडा रहेको यो गाउँपालिकामा वडास्तरीय एक÷एक वटा स्वास्थ्यचौकी भए पनि भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि अस्थायी सामुदायिक स्वास्थ्यचौकी स्थापना गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । तत्काललाई चार वटा स्वास्थ्यचौकी स्थापना गर्ने र आवश्यक परेको खण्डमा अन्य ठाउँमा पनि सञ्चालनको पहल गरिने उहाँको भनाइ छ ।

“भौगोलिक विकटताको कारण जनतालाई स्वास्थ्य सेवा लिन समस्या छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “स्थानीयलाई सहज स्वास्थ्य सेवा दिनको लागि काम गरिरहेका छौँ । चार वटा सामुदायिक स्वास्थ्यचौकी उद्घाटनको अन्तिम तयारीमा छौँ ।”

नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पु¥याउन गाउँपालिकाले भूमिका खेलिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । स्थानीयलाई सहज हुने गरी सेवा प्रवाहमा ध्यान दिइने उहाँको भनाइ छ । खास गरेर महिलाको स्वास्थ्यको हुने समस्यालाई मध्यनजर गरेर पनि विभिन्न खाल कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ छ ।

“मानिसको स्वास्थ्य धन हो”, उपाध्यक्ष राईले भन्नुभयो, “सहजरुपमा आधारभूत स्वास्थ्य पाउनु नागरिकको अधिकार पनि हो । यहाँका नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन हामी लागि परेका छौँ । आगामी दिनमा अझ प्रभावकारीरुपमा कसरी काम गर्ने भन्ने विषयमा समेत योजना बनाइरहेका छौँ ।”

स्वास्थ्यचौकी स्थापना भएपछि स्थानीय खुसी भएका छन् । स्वास्थ्यचौकी टाढा हुँदा सिटामोल तथा जीवनजल पाउन घण्टाँै धाउनुपर्ने अवस्थाको अन्त्य भएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय शिवकुमार विष्टले बताउनुभयो । स्वास्थ्यचौकी स्थापनाले वर्षौंदेखि स्थानीयले भोग्दै आएको समस्याको अन्त्य हुनेमा आशावादी रहेको उहाँको भनाइ छ ।

“हामीले वर्षौंदेखि स्वास्थ्य सेवा समस्या भोग्दै आएका छौँ” उहाँले भन्नुभयो, “अहिले गाउँमा नै अस्थायी चौकी सञ्चालनको तयारीमा छ । अब भने हामीले घण्टौँ टाढा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुन्छ भन्ने आशा जागेको छ ।” यहाँका नागरिकले दुईदेखि तीन घण्टा समय लगाएर वडा कार्यालयमा स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था छ । त्यस्तै उनीहरु चार घण्टासम्म हिँडेर वडा नम्बर ४ नागी र वडा नम्बर ९ लेखर्कको पाँचधारेमा पुगेर आधारभूत स्वास्थ्य सेवा लिन बाध्य छन् ।

त्यहाँ पुग्नका लागि उनीहरुले चार घण्टासम्म यात्रा गर्नुपर्ने स्थानीयवासी सन्तोष विष्टले बताउनुभयो । विष्टले भन्नुभयो, “हाम्रो क्षेत्रबाट आधारभूत स्वास्थ्य सेवा लिन धेरै समस्या छ । यहाँबाट स्वास्थ्यचौकी पुग्न धेरै टाढा छ । हामीले सामान्य औषधि खरिदको लागि पनि खावा, नागी तथा पाँचधारे नै पुग्नुपर्ने अवस्था थियो । यहाँ नै स्वास्थ्यचौकी स्थापना भएपनि खुसी लागेको छ ।”

चोलन्तीमा साविक खावा गाउँ विकास समितिका वडा नं–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर स्वास्थ्यचौकीको स्थापना गरिएको हो । स्थानीयवासीले आफ्नो क्षेत्रमा सहज आधारभूत स्वास्थ्य सेवाको लागि माग गरिरहेका थिए । सामान्य खालका औषधि लिनसमेत घण्टौँ पैदल हिँड्नु पर्दा अकालमा ज्यान जाने अवस्था रहेको स्थानीयवासी तिलकबहादुर विष्टले बताउनुभयो । बर्सात याम सुरु भएपछि यातायात सेवा पूर्णरुपमा बन्दा हँुदा झनै समस्या भएको विष्टको भनाइ छ ।

स्थानीयवासी विष्टले भन्नुभयो, “हाम्रो क्षेत्रमा स्वास्थ्यको असाध्यै समस्या छ । हुन त आजको समस्या होइन । वर्षौंबाट यही समस्या भोग्दै आएका छौँ । यो भेगका मानिसलाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्था थिएन । हामीले विभिन्न निकायमा यो क्षेत्रलाई लक्षित गरेर स्वास्थ्यचौकीको माग गरिरहेका थियौँ । अहिले गाउँपालिकाको पहलमा स्वास्थ्यचौकी स्थापना हुँदा खुसी लागेको छ । सामान्य औषधि लिनको लागि अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।”

जिल्ला हालसम्म ६६ स्वास्थ्यचौकी, ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र, तीन प्राथमिक स्वास्थ्य केन्द्र, तीन सहरी स्वास्थ केन्द्र, सात सामुदायिक स्वास्थ्य एकाइ र एक जिल्ला अस्पताल सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय
ले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।