मुख्यमन्त्री कार्कीद्वारा सोनाम ल्होछार पर्वको शुभकामना

विराटनगर, ८ माघ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोनाम ल्होछार पर्वका अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना दिनुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने यस पर्वले नेपालीबीच सद्भवा, भातृत्व र एकता मजबुत हुने उल्लेख गर्नुभयो । विभिन्न जातजाति र समुदायले आ–आफनो शैली तथा परम्पराअनुसार मनाउने विभिन्न पर्वले सामाजिक र सांस्कृतिकरुपमा नेपाललाई धनी बनाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले यस अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

‘पढ्दै कमाउँदै कार्यक्रम’मा रमाउँदै विद्यार्थी
सुर्खेत (भेरीगङ्गा), ६ पुस (रासस) : सुर्खेत बराहाताल गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सुदीपसिंह सुनार विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध छन् ।

विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत उनी पढाइसँगै कृषिमा पनि आबद्ध भएका हुन् । कृषिमा आबद्ध उनले पढाइ खर्च पनि यसैबाट जुटाइरहेका छन् भने विद्यालयमा सिकेको आधुनिक कृषिको सीप बुबा-आमालाई पनि सिकाउन पाएका छन् ।

“विद्यालयमा कृषिको आधुनिक सीप बुवाआमालाई पनि सिकाइरहेको छु”, उनले भने, “अहिले उहाँहरु पनि व्यावसायिक कृषि गरिरहुनभएको भने यसले उत्पादन पनि बढाएको छ ।”

सुदीपजस्तै विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी पढ्दै कमाउँदै कार्यक्रममार्फत् कृषिमा आबद्ध भएका छन् । साथै अभिभावकलाई पनि कृषिसम्बन्धी आधुनिक सीप सिकाएर आत्मनिर्भर हुन प्रेरेरित गरिरहेका छन् ।

“हामीले कृषिसँग सम्बन्धित प्राविधिक ज्ञान व्यवहारमा पनि लागू गरेका छौँ”, कक्षा ९ कि स्मृति रानाले भनिन्, “विद्यालयमा सिकेको कृषि उत्पादन गर्ने तरिका घरमा गएर सिकाउँछाँै । यसले प्राविधिक ज्ञानसमेत सिक्न पाएका छौँ ।”

पहिले परम्परागत तरिका अपनाउँदा तरकारी किनेर खानुपर्ने बाध्यता आधुनिक तरिका अपनाएपछि हटेको रानाको भनाइ छ । विद्यार्थीले ‘पढ्दै कमाउँदै कार्यक्रम’मार्फत् कृषि तथा पशुपालन गर्दै आएका छन् । जुन नेपालकै पहिलो नमूना कार्यक्रम हो । त्यसबाट हुने आम्दानी विद्यार्थी आफ्नो शिक्षामा खर्च गर्दै आएका छन् ।

कार्यक्रममा सहभागी अर्की छात्रा मनिसा तारामीले कार्यक्रममा सहभागी भएकाले सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान पनि दिएको बताइन् । जनज्योति मावीका शिक्षक नारायणविक्रम जिसीले शिक्षालाई आयाआर्जनसँग जोड्न सके परनिर्भरता हट्ने र स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने गरी विद्यालयले कार्यक्रम अघि बढाएको बताउनुभयो ।

“हामी शिक्षालाई व्यावहारिक बनाउन चाहान्छौँ”, उहाँले भन्नुभयो, “पढेर विदेश जाने बाध्यतालाई अन्त्य गर्न विद्यालयबाटै गरिखाने दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै काम गर्ने वातावरण तयार गर्ने विद्यालयको लक्ष्य हो ।”

बराहाताल गाउँपालिकाले पनि पढ्दै कमाउँदै कार्यक्रमलाई प्रत्येक विद्यालयमा लागू गर्नेयोजना बनाएको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुन मगरले भन्नुभयो, “नेपालमै नमूना कार्यक्रमका रुपमा जनज्योति मावीले ‘पढ्दै कमाउँदै कार्यक्रम’लाई पालिकाभरका विद्यालयमा लागू गर्ने योजना बनाएका छौँ । विद्यालयलाई जग्गा उपलब्ध गाराइदिने र व्यवहारिक शिक्षामा जोड दिने गाउँपालिकाको योजना छ ।”

विसं २०६८ देखि प्राविधिक विषय अध्यापन सुरु भएको माविमा २६ जिल्लाका विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् । कृषि विषय अध्ययन गर्ने विद्यार्थीलाई च्याउ खेती, पशुपालन, तरकारी खेतीका लागि ऋणसहित खेतीयोग्य जमिन उपलब्ध गराइएको छ । विद्यालयमा अध्ययन गर्न आएका विद्यार्थीले कृषि उत्पादनमा लागेर विद्यालयको मासिक शुल्क बुझाएर बचतसमेत गर्ने गरेका छन् । यो कार्यक्रमलाई अहिले सङ्घीय सरकारलेसमेत अपनत्व लिँदै देशभर नै लागू गर्न सुरु गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।