धनकुटाको पाख्रीवास ९ मातिम्बुमा सञ्चालित खुल्ला पुरुष फुटवल प्रतियोगिताको उपाधि हिले फुटवल क्लवलाई

शर्मिला राई,धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ९ मातिम्बुमा सञ्चालित खुल्ला पुरुष फुटवल प्रतियोगिताको जित हिले फुटवल क्लवले हात पारेको छ ।

प्रतियोगिताको फाईनलमा आज मार्गा फुटवल क्लव सँग भिडेको उस्ले १ को विरुद्ध ३ गोल लगाउँदै जित हात पारेको हो । जित सँगै हिले फुटवल क्लबले नगद ४० हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ ।

दोश्रो स्थानमा चित्त बुझाएको मार्गा फुटवल क्लवले नगद २० हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार पाएको छ ।

प्रगतिशिल युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको विजयी क्लबहरुलाई पाख्रीवास नगरपालिकाका नगर प्रमुख ज्ञान वहादुर गुरुङ, ९ नं वडाध्यक्ष सम्झना आले लगायतले पुरस्कार प्रदान गरेका थिए ।

मदन कुमार आलेको अध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुरुङले सो वडाको खेलमैदानलार्ई थप व्यवस्थित बनाउन नगरको तर्फबाट बजेटको व्यवस्था गर्ने वताउनुभयो साथै उहाँले सिंगो वडाको विकासका लागि पनि पहल गर्ने वताउनुभयो ।

त्यस्तै वडाध्यक्ष आलेले वडाको खेल मैदान व्यवस्थित वनाउन नगरले सहयोग गर्नुपर्ने वताउनुभएको प्रतियोगिता आयोजक क्लबका अध्यक्ष तथा कार्यक्रम सञ्चालक कुल वहादुर थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा समाजसेवीहरु जयेन्द्र घिसिङ, धनवहादुर मोक्तान, उपभोक्ता समितिका अध्यक्ष गणेश वहादुर आले लगायतको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖