धनकुटाका लिम्बु सहित ३ जना यसकारण परे पक्राउ

मोरङ, माघ ११ ।मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो ३ बजे बिराटनगर -१६ दक्षिण गेट स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका गौरादह नगरपालिका-९ झापाका ३१ बर्षीय सबिन खड्कालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक-४ एम्पुल, ऐभिल-४ एम्पुल, फेनारागन-४ एम्पुल र डाईजोपाम- ४ एम्पुल फेला पारी पक्राउ गरेको हो ।

त्यसै गरी बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नम्बर १-०२-०४६ प ३९७५ नम्बरको स्कुटरलाई चेकजाँच गर्न क्रममा DIALEX DC 100 ML- २० बोतल फेला पारी चालक सुन्दरहरैचा नगरपालिका-१० मोरङका ३७ बर्षीय आसिष लामिछाने गुरुङ र स्कुटरमा पछाडी सवार चौबिसे गाउँपालिका-६ धनकुटाका २८ बर्षीय आशिष लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेको उनिहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

व्यासमा चिस्यान केन्द्र निर्माण
तनहुँ, ११ माघ (रासस) :गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा एक सय तीस मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ ।

व्यास नगरपालिका–११ स्थित गैह्रबारीमा तीन रोपनी सार्वजनिक जग्गामा रू एक करोड ६२ लाख ३२ हजार दुई सय ६४ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो ।

वषौँंदेखि व्यक्तिले कब्जा गरी भोगचलान गर्दै आएको उक्त सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरी हाल चिस्यान केन्द्र निर्माण गरेको व्यास नगरपालिकाका अधिकृत भेषराज तिवारीले जानकारी दिनुभयो ।

केन्द्रको देवचुली कन्टक्सन कम्पनी प्रालिले २०७८ भदौ १३ गते सम्झौता गरी निर्माण थालेको थियो । गण्डकी प्रदेश सरकारको ७० प्रतिशत र व्यास नगरपालिकाको ३० प्रतिशत लगानीमा केन्द्र बनाइएको हो । नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि वार्षिक रू चार÷पाँच करोड बाहिरिनबाट रोकिने नगरपालिकाले जनाएको छ ।

यसअघि आलु, फलफूल, तरकारीलगायतका बस्तु कोल्डस्टोरमा राख्नुपर्ने भएकाले पोखरा र चितवन लैजाने गरिन्थ्यो । चिस्यान केन्द्र निर्माण सम्पन्न भएपनि थ्रीफेस लाइन जडान बाँकी रहेकाले जडान प्रक्रिया अघि बढाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।

जेनेटर चलाउनको लागि विद्युत् टान्सफर जडान गर्नुपर्ने भएकाले विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

चिस्यान केन्द्र चालु आवबाट सञ्चालन गर्ने तयारी गरेको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।