प्रदेश सञ्चार ऐन छिट्टै आउँछ : मुख्यमन्त्री कार्की

विराटनगर, २२ माघ (रासस) :प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार ऐन छिट्टै आउने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले सञ्चार क्षेत्रको हक, हित र अधिकारका लागि सञ्चार ऐनको मैस्यौदा तयार भइसकेको बताउनुभयो ।

उहाँले प्रेस र पत्रकारिताको भूमिका व्यवस्थित गर्न ऐन र कानुनबाट सञ्चार प्रतिष्ठान गठन गर्ने भनाइ राख्नुभयो । उहाँले प्रदेशको नाम सकेसम्म सहमतिबाट नामकरण गर्ने र त्यो सम्भव नभए विधि र प्रक्रियाबाट टुङ्गो लगाउने स्पष्ट पार्नुभयो । कामको बोँझ नथपिएसम्म प्रदेश सरकारले मन्त्रिपरिषद् बिस्तार नगर्ने उहाँको भनाइ छ । गठबन्धनबाट बनेको यो सरकारले छिट्टै गति लिनेमा उहाँको विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा दुई जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा रू ११ हजार एक सय राशिको कृष्णप्रसाद सिग्देल स्मृति पुरस्कारबाट पत्रकार दिनेश सुब्बा र रू १५ हजार पाँच सय राशिको जनार्दन मैनाली स्मृति पुरस्कारबाट पत्रकार तेजेन्द्र भण्डारीले पुरस्कृत हुनुभएको छ ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेश सरकारका पूर्वमन्त्री जीवन घिमिरेले पत्रकारले व्यावसायिक मर्म र धर्मलाई स्थापित गर्नुपर्ने बताउनुभयो । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले समाजलाई सुसूचित गर्ने पत्रकारिता क्षेत्र स्वच्छ र स्वतन्त्र हुनुपर्ने कुरामा जोड दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।