एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

ढोरपाटन, २४ माघ (रासस) : चोक-चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उहाँ नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउनुहुन्छ ।

उहाँले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसक्नुभएको छ । विश्वका सबै देशको राष्ट्रगान गाउने तयारीमा रहनुभएका उहाँ हाल ८२ देशका गान गाउने तयारीमा हुनुहुन्छ ।

जिल्लाको बागलुङ नगरपालिका-६ का ४३ वर्षीय नेपालीले राष्ट्रगान गाउँदै विश्व यात्रामा हिँडेको आठ वर्षभयो जसले उहाँलाई विश्वयात्रीका रुपमा स्थापित बनाइसकेको छ ।

सन् २०१५ देखि विभिन्न देशको राष्ट्रगान गाएर विश्व यात्रा थाल्नु भएका नेपाली अहिलेसम्म युरोपका विभिन्न देश, युएई, भारत गरी ११ देशको यात्रा गरिसक्नु भएको छ । उहाँले जुन देशमा पुग्नुहुन्छ, उही देशकै भाषमा राष्ट्र गान गाउँनुहुन्छ । पछिल्लो २५ वर्षदेखि नेपाली गीत सङ्गीतमा आबद्ध उहाँले राष्ट्रगानमार्फत् विश्वबन्धुत्वलाई थप बलियो बनाउने बताउनुभयो ।

नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्नका लागि आफूले विश्वका विभिन्न देशको राष्ट्रगान गाउँदै हिँडेको बताउनुभयो । “हाम्रो देश नेपालमा कैयन धार्मिक तथा पर्यटकीय ठाउँ छन्, अहिलेसम्म यी ठाउँमा अन्तर्राष्ट्रिय पर्यटक आउन सकेका छैनन्, उनीहरुलाई नेपाल ल्याउन, यहाँको पर्यटनलाई विश्वसँग जोड्नका लागि विश्व यात्रा थालेको हुँ”, उहाँले भन्नुभयो, “विगतमा नेपालीका लागि गाउँथे भने आज विश्वका मानिसका लागि गाइरहेको छु ।”

संसार सामू नेपाल चिनाउनका लागि आफूले विश्वयात्रा तय गरेको नेपालीको भनाइ छ । राष्ट्रगानले विश्वलाई एक ठाउँ जोड्ने हुँदा आफू यो अभियानमा लागेको उहाँले बताउनुभयो । राष्ट्रगानले आत्मियता बढाउने र भाइचाराको सम्बन्ध बढाउने उहाँको अनुभव छ ।

उहाँले विश्व यात्राका लागि विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सहयोग जुटाउँदै आउनुभएको छ । विश्व यात्रामा लागिरहँदा तितामिठा दुवै अनुभूति रहेको उहाँ सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जसले पनि आफ्नो देशलाई माया गर्छ, त्यसले गर्दा आत्मसम्मानको अनुभूति गर्दा रहेछन, जुन देशको राष्ट्रगान हो त्यही देशको भाषामा गाउँदा उनीहरुलाई गर्व लाग्दो रहेछ त्यसले सम्बन्ध जोड्न मद्दत गर्ने रहेछ ।” यात्राका क्रममा उहाँले पैदल, गाडीदेखि जहाजसम्म जे भेटिन्छ त्यसैमा यात्रा गर्ने गर्नु भएको छ । तर सबैभन्दा पैदल यात्रामा आनन्द हुने उहाँको अनुभव छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।