धनकुटामा जारी जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा आज एक खेल
धनकुटा । शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा धनकुटामा जारी जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा आज एक खेल भएको छ ।
धनकुटा नगरपालिका र सागुरीगढी गाउँपालिका वीच भएको खेलमा सुन्यको विरुद्ध २ गोल लगाउदै धनकुटा नगरपालिकाले जित हाँसिल गरेको छ ।
धनकुटा नगरपालिकाको जितका लागि जर्सी नं ८ की खेलाडी विर्सना चौधरीले २ गोलको योगदान गरिन् । उनले खेलको सेकेण्ड हाफको १० र २० आंै मिनेटमा गोल गरेको हुन् ।
भोलिको खेल विहान १० बजेबाट शूरु हुने आयोजकले जनाएको छ । भोलि तीन खेल हुनेछन् । २६ गते सम्म सञ्चालन हुने प्रतियोगिताका विजयी प्रथम टिमले नगद ६० हजार र दोश्रो हुने टिमले नगद ३० हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछन् ।


