विराट गोल्डकपको तयारी तीव्र

विराटनगर, २५ माघ । विराट गोल्डकप ट्रष्टले विराट गोल्डकपको तयारी तीव्र पारेको जनाएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संरक्षक रहेको यो प्रतियोगिता शहीद रंगशालामा चैत ९ गतेदेखि आयोजना हुनेछ । रातिमा फल्र्ड लाइटमा खेलाइने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन् । 

नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका सिईओ (कार्यकारी निर्देशक) सुवाशीश कोइरालाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा घरेलु टोलीको रुपमा विराटनगर सिटी एफसी रहेको छ । विराटनगर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेलेको थियो । यसका साथै संकटा, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्र र थ्रीस्टारले खेल्ने पक्का गरिसकेका छन् । कम्तिमा २ वटा विदेशी टिमलार्ई पनि प्रतियोगितामा समावेश गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको इभेन्ट म्यानेजर सरोज लम्सालले बताए ।

प्रतियोगिताका लागि अहिले विराटनगरको शहीद रंगशाला मर्मतको काम भइरहेको छ । त्यहाँ दिनहु पानी हाल्ने र लेभलिङ गर्नुका साथै प्यारापिटमा पनि काम भइरहेको हो ।पूर्वमा फुटबलको संस्कृति विकासका लागि पनि यो प्रतियोगिता कोषे ढुंगा सावित गर्ने उद्देश्यले सवै तयारी अगाडि बढाइएको लम्सालले बताए । 

सुरुमा चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने गरी आयोजकले तयारी अघि बढाए पनि अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग आयोजना गर्न लागेकोले ३ दिन पर सरेको हो । एन्फाले पनि मोफसलमा हुने गोल्डकपहरुको क्यालेन्डर सार्वजनिक गरिसकेको छ । 
सोही अनुरुप गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुनेछ । नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका सिईओ (कार्यकारी निर्देशक) सुवाशीश कोइरालाले जानकारी दिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।