धनकुटामा जारी जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिताको फाईनलमा चौविसे गाउँपालिका र धनकुटा नगरपालिका भिड्ने

धनकुटा । शहिद राम कृष्ण श्रेष्ठको सम्झनामा धनकुटामा जारी जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिताको फाईनलमा चौविसे गाउँपालिका र धनकुटा नगरपालिका भिड्ने भएका छन् ।

प्रतियोगिता अन्र्गत आज भएको पहिलो सेमिफाईनलमा शहिदभुमी गाउँपालिका सँग भिडेको चौविसे गाउँपालिकाले सून्यको विरुद्ध १ गोल लगाउदै फाईनलमा प्रवेश गरेको हो ।

त्यस्तै गरि पाख्रीवास नगरपालिका सँग दोश्रो सेमिफाईनलमा भिडेको धनकुटा नगरपालिकाले सून्यको विरुद्ध १२ लगाउदै फाईनलमा स्थान पक्का गरेको हो ।

शहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानको आयोजनामा भईरहेको प्रतियोगिताको फाईनल भोलि दिउँसो १ बजेदेखी धनकुटा टुडिखेलमा हुनेछ ।

प्रतियोगिताको विजयी प्रथम पालिकाले नगद ६० हजार र दोश्रो हुने पालिकाले नगद ३० हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।