खोटाङको दिक्तेल रुपाकोटको लिफ्टिङ खानेपानी आयोजनामा राजनीति

खोटाङ, २६ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित साप्सु खोला लिफ्टिङ खानेपानी आयोजनामा राजनीतिकरण सुरु भएको छ । संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयमार्फत प्राप्त भएको २९ करोड (भ्याट सहित)मा निर्माण सुरु गरिएको लिफ्टिङ खानेपानी आयोजनामा राजनीतिकरण सुरु गरिएको हो । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ जेठमा सम्झौता गरिएको लिफ्टिङ खानेपानी आयोजना सञ्चालनका क्रममा विवाद निस्किएको हो ।

 वडामा पार्टीलाई पुग्ने लाभ र हानीको हिसाव किताव गर्न थालिएका कारण लिफ्टिङ खानेपानी योजनामा बखेडा निस्किएको हो । साप्सु खोला लिफ्टिङ खानेपानी योजना ठेक्का प्रकृयाबाट सञ्चालन भइरहेको छ । 

 एमाले वडा कमिटी अध्यक्ष एवं वडासदस्य युवबहादुर कार्की, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष पुष्पलाल खनाल र सरोकारवालाकोतर्फबाट प्रेम खनालले संयुक्त विज्ञप्ति जारी गर्दै सरोज राई अध्यक्ष रहेको लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता समितिलाई खारेज गर्दै सर्वपक्षीय समिति पुनर्गठनको माग गरेका छन् । निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले अन्य सदस्यलाई बेवास्ता गर्दै एकलौटी काम गरेको, प्रक्रियागत रुपमा काम नभएको, उपभोक्तालाई हानीनोक्सानी हुने काम गरिएको भन्दै वर्तमान समितिलाई खारेज गर्दै सर्वपक्षीय समिति पुनर्गठनको माग गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ । आयोजनाका विषयमा समझदारी कायम नभए क्षति वडाका नागरिकलाई पुग्नेछ । 

लिफ्टिङ खानेपानी आयोजनाका लागि पूर्ववडाध्यक्ष वीरेन्द्र ढकालले उपभोक्ता समिति गठन गरेका थिए । तर, सो उपभोक्ता समिति ‘पकेट’को बनाइएको भन्दै नवनिर्वाचित वडाध्यक्ष रामबहादुर कट्वालले अर्को उपभोक्ता समिति गठन गरेका थिए । नौ सदस्यीय उपोक्ता समितिका अध्यक्ष राई कांग्रेस समर्थक हुन् । उपाध्यक्ष रमेश सुयाँल एमालेका, सचिव अनुज राई माओवादी केन्द्र र कोषाध्यक्ष कांग्रेस समर्थक हुन् ।

 तर, उपाध्यक्ष सुयाल पार्टीगत नभई व्यक्तिगत रुपमा समितिमा बसेको एमाले वडा कमिटी अध्यक्ष एवं वडासदस्य कार्की बताउँछन् । वडाध्यक्ष कट्वालले असहमतिकाबिच पेलेर उपभोक्ता समिति गठन गरेको र हाल कतिपय सदस्यको स्थान रिक्त भइसकेकाले समिति पुनर्गठनको माग राखिएको कार्कीले बताए । ‘हाम्रो असहमतिका बीच उपभोक्ता समिति गठन गरिएको थियो । अहिले समितिको तौरतरिका राम्रो भएन । स्टीमेट अनुसार काम गरौं । गुणस्तरको काम गरौंभन्दा मानेन,’ कार्कीले भने, ‘हामी विकास विरोधी होइनौं । समिति विघटन गरेर सबै टोललाई समेटेर पुनर्गठन गरौं भन्ने हाम्रो माग हो ।’ 

माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष खनालले उपभोक्ता समिति अध्यक्षबाट मनोमानी भएकाले विरोध गर्नुपरेको बताउँछन् । लिफ्टिङ खानेपानी योजनाको काम गुणस्तरिय नभएको, ज्यालादारी मजदुरलाई रेटभन्दा कम ज्याला दिएको, आफुखुसी कर्मचारी राखेको पोखरेलको दावी छ । नीतिसम्मत् काम नभएको, गुणस्तरको काम नभएको, समिति अपूर्ण रहेकाले आवाज उठाउनु परेको सरोकारवाला प्रेम खनालले बताए । 

लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष राईले भने द्रुत गतिमा अघि बढेको आयोजनालाई ‘डिस्चर्व’ गरेर असफल बनाउने प्रयात्न गरिएको बताउँछन् । ‘पेलेर लान सकिन्छ की भनेर ‘डिस्चर्व’ गर्न खोजेको हो,’ अध्यक्ष राईले भने, ‘कतिपयले समितिसँग कमिसनको अपेक्षा राखेको पाइएको छ । आगामी वैसाखसम्मका पानी निकाल्नेगरी काम भइरहेको छ ।’ वडाध्यक्ष कट्वालले १०७ जनाको उपस्थितिमा भएको भेलाले गठन गरिएको उपभोक्ता समिति पुनर्गठन हुन नसक्ने बताए । 

 केन्द्रमा माओवादी र एमालेको सत्ता समीकरण भएसँगै वडामा पनि एमाले र माओवादी एकतिर बनेर आयोजनामा अवरोध खडा गर्न खोजिएको कांग्रेसका युवा नेता किसन भुजेल बताउँछन् । यद्यपी, विरोधमा देखिएका प्रेम खनाल भने कांग्रेसकै नेता हुन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।