धनकुटामा संचालित अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकालाई

शर्मिला राई,धनकुटा । शहिद राम कृष्ण श्रेष्ठको सम्झनामा धनकुटामा सञ्चालित जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले उचालेको छ ।

प्रतियोगिता अन्र्तगत आज चौविसे गाउँपालिकासँग भिडेको उसले सुन्यको विरुद्ध २ गोल लगाउदै उपाधि जित्न सफल भएको हो । जित सँगै धनकुटा नगरपालिकाले नगद ६० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।

दोश्रो भएको चौविसे गाउँपालिकाले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । विजयी पालिकाहरुलई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र चौविसे गाउँपालिका प्रमुख राजकुमार चेम्जोङ लगायतले पुरस्कार प्रदान गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा धनकुटा नगरकी जर्सी नं १० की खेलाडी तीर्थकुमारी लिम्बु उमन अफ द म्याच घोषित भईन् । प्रतियोगिता शहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाको आयोजनामा माघ २३ गतेदेखी सञ्चालन भएको थियो ।

धनकुटा ७ का शहिद रामकृष्ण श्रेष्ठको पञ्चायती शासनको विरुद्धमा लड्दा २०३० चैत ३ गते विराटनगरमा तत्कालिन राजा विरेन्द्रमाथि बम प्रहारको घट्नामा परि निधन भएको थियो । श्रेष्ठलाई २०७४ माघ ३ गते तत्कालिन सरकारले राष्ट्रिय शहीद घोषणा गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।