प्रदेश नं १ को प्रदेशसभा बैठक सम्पन्न

मोरङ, ३ फागुन (रासस): प्रदेश नं १ प्रदेशसभाको आज सम्पन्न बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ ’लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रदेशसभा नियामावली, २०७९ (पहिलो संशोधन)को नियम ८१ को उपनियम (४) बमोजिम आन्तरिक मामिला तथा कानुनमन्त्रीका तर्फबाट सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सो प्रस्ताव पेस गर्नुभएको थियो ।

विशेष समय

विशेष समयमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य गोपाल तामाङले नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहनुभएका दुर्गा प्रसाइँले झापामा सङ्घीयता विरोधी कार्यक्रम गरेको आरोप लगाउँदै त्यस विषयमा सदनको ध्यानाकर्षण गराउनुभयो ।

शून्य समय

प्रदेशसभा सदस्य एकराज कार्कीले सांसद पूर्वाधार विकास कार्यक्रमका लागि आवश्यक रकम उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो । सदस्य किशोरचन्द दुलालले तमोर करिडोरमा निर्माण भइरहेको पुल विगत १० वर्षमा ४० प्रतिशत मात्र निर्माण भएकाले यसलाई दु्रत गतिमा सम्पन्न गराउन सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सदस्य पञ्चकर्ण राईले साझा सहमतिमा प्रदेशको नामाकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सदस्य भूमिप्रसाद राजवंशीले कचनकवल नमुना पर्यटकस्थल निर्माणका लागि छुट्याइएको बजेट सदुपयोग हुनुपर्नेमा जोड दिनुभयोे । सदस्य मैया श्रेष्ठले प्रदेश सरकारले आगलागी रोकथामका लागि पूर्वतयारी गर्न र पहाडी तथा ग्रामीण जिल्लामा वारुणयन्त्रको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सदस्यहरु रमेशकुमार बस्नेतले इलाम–डडेलधुरा मदनभण्डारी राजमार्ग निर्माण कार्यमा भइरहेको अवरुद्ध हटाउन सङ्घीय सरकारले समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । सदस्य राजन किरातीले उदयपुरको बेलका नगरपालिका–३, ८, ९ मा रहेका एक हजार पाँच सय घरलाई कोसी कटानबाट जोगाउन अविलम्ब बाँध निर्माण गर्न ध्यानाकर्षण गराउनुभयो । अर्का सदस्य राधाकृष्ण खनालले भूमिहीन किसानलाई धनीपुर्जा सुनिश्चित गर्न माग गर्नुभयो ।

सदस्यहरु सदस्य शम्शेर राईले सदनको कार्यसूची २४ घण्टा अगाडि उपलब्ध गराउन, शोभा चेम्जोङ्गले प्रदेश सरकारप्रति जनताको अपनत्व जगाउन स्वास्थ्य उपचार, कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरण र घर घरमा चुल्हो बाल्ने व्यवस्था गर्न, सदानन्द मण्डलले सुनसरीको रामधुनी नगरपालिका–४ मा हालै भएको आगलागी करोडौँ रकमको बाख्रा फार्म जलेर नष्ट भएकाले उचित क्षतिपूर्ति उपलब्ध गराउन, सिर्जना राईले प्रदेश सरकारले गरेको कार्यलाई जनतासमक्ष जानकारी गराउन र होमबहादुर थापाले दीर्घरोगीलाई सहयोग उपलब्ध गराउन माग गर्नुभयो ।

सभामुख बाबुराम गौतमले प्रदेशसभाको अर्को बैठक फागुन ६ गते दिनको ११ बस्ने जानकारी गराउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।