आवधिक योजना बनाउँदै साकेला गाउँपालिका

खोटाङ, ३ फागुन । खोटाङको साकेला गाउँपालिकाले पहिलो पञ्च वर्षीय आवधिक योजना बनाउन सुरु गरेको छ । आगामी पाँच वर्षभित्र गाउँपालिकालाई समृद्ध र दिगो विकासमैत्री बनाउने उद्देश्यकासाथ पञ्च वर्षीय आवधिक योजना बनाउन सुरु गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रमबाट विनियोजित बजेटबाट आवधिक योजना निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

सेन्टर फर सस्टेनेवल डेभलपमेन्ट स्टडिज प्रालि (सिडिएस)को प्राविधिक सहयोगमा निर्माण हुने आवधिक योजनाले गाउँपालिकाको आर्थिक, सामाजिक, भौतिक, वातावरण तथा विपद्, संस्थागत विकास तथा सुशासन लगायतको क्षेत्रमा गरिने विकासको आधार तय गर्ने गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए ।

आवधिक योजना निर्माणका लागि गाउँपालिका अध्यक्ष राई संयोजक तथा उपाध्यक्ष बिर्सिका राई सदस्य र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहेको आवधिक योजना निर्माण निर्देशक समिति निर्माण गरिएको छ ।

निर्देशक समितिको सल्लाहकारमा साकेला गाउँपालिकामा जन्मिएर राज्यको विभिन्न तह र तप्कामा पुगेका सांसद, राजनीतिज्ञ, कर्मचारी, व्यवसायी लगायतलाई समेटिएको छ । 

आवधिक योजना बनाउनका लागि विभिन्न पाँच वटा समिति निर्माण गरिएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका वडाध्यक्ष हेमन राईको संयोजकत्वमा आर्थिक विकास, साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्ष गोबिन्द तामाङको संयोजकत्वमा सामाजिक विकास, साकेला गाउँपालिका–२ रतन्छाका वडाध्यक्ष जितेन्द्रकुमार राईको संयोजकत्वमा पुर्वाधार विकास, साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कट्वालको संयोजकत्वमा वातावरण तथा विपद व्यवस्थापन र साकेला गाउँपालिका–५ मात्तिमविर्ताका वडाध्यक्ष जीवन खत्रीको संयोजकत्वमा संस्थागत विकास तथा सुशासन समिति गठन गरिएको छ । समितिका सदस्यमा कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विषयविज्ञ नागरिक तथा विषयगत शाखाका कर्मचारीलाई समेटिएको छ । 

आवधिक योजना निर्माणका लागि मंगलबार जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण गरिएको छ । आवधिक योजना निर्माणका क्रममा वस्तुस्थिति विश्लेषणका लागि वडास्तरीय छलफल गरिने छ । विद्यालय, टोल सुधार समिति, राजनैतिक दलका प्रतिनिधिहरु, संघसंस्था र वुद्धिजीविहरुको उपस्थितिमा वडास्तरिय छलफल सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।