पोखरामा बस दुर्घटना हुँदा ४२ जना घाइते,केहीको अवस्था गम्भीर

कास्की, ७ माघ । पोखरा महानगरपालिका-२६ लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग१ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।

घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले बताए । ‘ब्रेक फेल’ भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएका प्रहरी प्रमुख केसीको भनाइ छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दशरथचन्द राष्ट्रपति रनिङ शिल्ड रातामाटालाई
बैतडी, ७ फागुन (रासस) : बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड दानेश्वर नागार्जुन मावि रातामाटाले जितेको छ । रातामाटाले नौ स्वर्ण, एक रजत र ३ कास्य प्राप्त गर्दै रु २५ हजार पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा दोस्रो भएको निङ्लासैनी मावि देहिमाण्डौँले सात स्पर्ण, पाँच रजत र चार कास्य पदक प्राप्त ग¥यो । उसले रु १५ हजार पुरस्कार पायो । तीन स्वर्ण, तीन रजत र दुई कास्यसहित मणिलेक मावि गुरुखोला तेस्रो भयो । गुरुखोलाले रु १० हजार पुरस्कार प्राप्त ग¥यो ।

निङ्लासैनी खेलमैदानमा भएको प्रतियोगितामा १९ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । दशरथचन्दमा पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी, प्रदेशसभा सदस्य जानकी ऐर बम, निवर्तमान प्रदेशसभा सदस्य लीलाधर भट्ट, नगर प्रमुख पुष्करराज जोशी ‘लख्खाभाइ’, नगर उप्रमुख कौशिला चन्दलगायतको सहभागिता थियो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।