किरात याक्थुङ चुम्लुङको बैठक चितवनमा

चितवन, ८ फागुन (रासस) ःकिरात याक्थुङ चुम्लुङको २४ आँै राष्ट्रिय चुम्लुङ बैठक आइतबारदेखि भरतपुरमा सुरु भएको छ । बैठकको शुभारम्भ गर्दै प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले धर्म संस्कृतिको जगेर्ना गर्नु पहिलो कर्तव्य भएको बताउनुभयो । उहाँले लिम्बू समुदायको भाषा, संस्कृति संरक्षणमा पहिला आफ्नै समुदाय एक भएर लाग्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीय गणतान्त्रिक संविधानले मात्रै हाम्रो अधिकार संरक्षण गर्ने छ । सङ्घीयता, गणतन्त्र र संंंविधान कार्यान्वयनमा सहयोग पु¥याउन सकेमा मात्रै लिम्बूहरुको माग सम्बोधन हुन्छ । ”

कार्यक्रममा चुम्लुङकी केन्द्रय सल्लाहाकार चन्द्रमायाँ लिम्बू, प्रदेशसभा सदस्य उत्तम जोशी, बिनु रायमाझी, ईश्वर सापकोटा, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, चुम्लुङका पूर्वकेन्द्रीय सदस्य नरेन्द्र कन्दङ्वालगायतले बोल्नुभएको थियो ।

बैठकमा १३ जिल्लाका दुई सय ८८ जना प्रतिनिधि सहभागी छन् । दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकले आगामी कार्यदिशा र आफ्ना मागका विषयमा छलफल गर्ने चुम्लुङका जिल्ला अध्यक्ष जनक लिम्बूले बताउनुभयो । नेपालमा लिम्बू समुदाय तीन लाख ८७ हजार तीन सय रहेका मध्ये चितवनमा आठ सयदेखि एक हजारबीचमा रहेका बताइएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।