पच्चीसबुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय चुम्लुङ बैठक

चितवन, ९ फागुन (रासस) :किराँत याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय चुम्लुङ बैठक २५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । यही फागुन ७ र ८ गते भरतपुरमा बैठक भएको थियो ।

चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको अध्यक्षतामा सम्पन्न बैठकले पवित्रस्थल पाथीभरको पुरानो नाम मुक्कुम्लुङ राख्न माग गरेको छ ।

प्रदेश नं १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न, निर्माण भएको मस्यौदा विधेयकलाई प्रदेश सरकारले अविलम्ब पारित र कार्यान्वयन गर्नुपर्ने, नेपाली भाषा सरह मातृभाषामा अध्ययन अध्यापनका लागि पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री आदि स्रोतसाधनको व्यवस्था गर्न, शिक्षा नियमावली परिमार्जन गरी लिम्बू÷याक्थुङ आदिवासीका लागि पाठ्यक्रम पाठ्यपुस्तकमा एकरूपता ल्याउनसमेत बैठकले माग गरेको चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी दिनुभयो ।

बैठकमा १३ जिल्लाका दुई सय ८८ जना प्रतिनिधिको सहभागिता रहेको चुम्लुङका जिल्ला अध्यक्ष जनक लिम्बूले बताउनुभयो । नेपालमा लिम्बू समुदाय तीन लाख ८७ हजार तीन सय रहेको छ । चितवनमा आठ सयदेखि एक हजार बीचमा सो समुदायका जातिको बसोबास रहेको छ ।—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।