आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौँ, १४ फागुन (रासस)ः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजना लामिछानेका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज काठमाडौँमा आंशिकदेखि सामान्य बदली रही छिटफुट वर्षाको सम्भावना रहेको छ । अबको केही दिन प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशकमा बिहान र बेलुका मौसम खुल्ने भए पनि दिउँसो, मध्याह्न र अपराह्न बदली रहने मौसमविद् लामिछानेले उल्लेख गर्नुभयो । आज काठमाडौँको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहेको छ ।

असला पारखीको गन्तव्य तातोपानी
म्याग्दी, १४ फागुन (रासस)ःबेनी नगरपालिका–४ तातोपानी म्याग्दी नदीको असला माछाको स्वादका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको छ ।

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो । असला माछाको स्वाद लिन देशका विभिन्न ठाउँबाट पाहुना आउन थालेका तातोपानीको थकाली होटलकी सञ्चालक मना तुलाचनले बताउनुभयो ।

“यसअघि तातोपानी डुबेर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराकका रुपमा प्रयोग हुने असला माछाको स्वाद लिन पछिल्लो समय टाढा–टाढाबाट पाहुना आउनुहुन्छ”, उहाँले भन्नुभयो, “यहाँ आउने पाहुनाले असलालाई स्वादिलो मानेर कोसेलीका रूपमा लैजाने पनि गर्नुभएको छ ।”

जिल्ला सदरमुकाम बेनीबजारबाट आठ किलोमिटर टाढा रहेको तातोपानी जोड्ने सडक गत वर्ष कालोपत्र भएपछि कुण्डमा स्नान गर्ने र असला माछाका पारखीहरूको गन्तव्य बनेको हो । बेनी, बागलुङ, कुश्मा, पोखरा, चितवन, काठमाडौँलगायत देशका विभिन्न ठाउँका पाहुना माछाको स्वाद लिन आउने गरेको होटल व्यवसायी पदम बानियाँले बताउनुभयो ।

उहाँका अनुसार मुस्ताङ जाने र फर्कने क्रममा तातोपानी स्नान गर्न आउँछन् । “स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीले यहाँका माछालाई पौष्टिक आहारका रूपमा खाने गर्दथे”, बानियाँले भन्नुभयो, “पछिल्लो समय तातोपानी घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकले स्नान गरेपछि ताजा माछाको सुप बनाएर खाने र फ्राइ गरेर कोसेली लिएर फर्कने गरेका छन् ।”

म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बाबियाचौर क्षेत्रबाट समेत माछा मारेर व्यापारीले बिक्रीका लागि तातोपानीसम्म ल्याउने गरेका छन् । अन्यत्रभन्दा तातोपानीका माछा बढी स्वादिष्ट मानेको बेनीका व्यवसायी कृष्णराज पौडेलले बताउनुभयो ।

जाल, तेरी, ढडिया र बल्छीको माध्यमबाट माछा मारेर बेरोजगार युवाहरूले आम्दानी गरिरहेका छन् । ताजा माछाप्रति केजी रु एक हजार पाँच सयमा बिक्री हुने गरेको छ । प्रतिप्लेट माछा रु चार सयदेखि पाँच सयमा बिक्री हुन्छ ।

असला माछा खानकै लागि तातोपानीमा आउनेलाई पु¥याउन धौधौ भएको होटल हिमालयनका सञ्चालक कुमार केसीले बताउनुभयो । “माछा कमै पाइन्छ, माग भने ह्वात्तै बढेको छ, तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र घुम्न आएका पर्यटकको माग थेगिनसक्नु हुन थालेपछि पु¥याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “माछा कमै पाइने भएकाले कोसेलीका रूपमा लिएर जान चाहनेलाई दिएर पठाउन हम्मेहम्मे परेको छ ।”

व्यवसायीका अनुसार दैनिक एक सय किलोग्रामभन्दा बढी माछा खपत हुने गरेको छ । माछासँगै कोदो र फापरको ढिँडोले यहाँका होटल व्यवसाय पनि राम्रोसँग फस्टाएको छ । फापरको ढिँडो, रोटी, माछाको सुप र फ्राइ आइटमका खाना पर्यटकको रोजाइमा रहेको होटल श्रेष्ठ हट स्प्रिङ इनका प्रबन्धक प्रशान्त श्रेष्ठले बताउनुभयो ।

प्राकृतिक उपचारको चिकित्सालयका रूपमा विकसित हुँदै गइरहेको तातोपानी कुण्डमा स्नान गर्ने बिरामी बढेका छन् । गत साउनदेखि माघसम्म नौ हजार जनाले तातोपानी कुण्ड स्नान गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा बीरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोग निको हुने जनविश्वास छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।