धनकुटाको छथरजोरपाटी गाउँपालिकामा आजबाट निःशुल्क स्वास्थ्य शिविर सुरु

धनकुटा,१५ फागुन । धनकुटाको छथरजोपाटी गाउँपालिकामा आज बाट दुई लिने बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगरको प्राविधिक सहयोग तथा छथर जोरपाटी गाउँपालिकाको सहयोगमा दुई दिने बृहत निःशुल्क स्वाथ्य शिविर सुरु भएको हो । शिविरमा मुटु रोग, सुगर, प्रेसर, स्त्री रोग हाडजोर्नी तथा नाशा रोग, भिडियो एक्सरे, दम तथा फोक्सो लगायतका रोगहरुको विशेषज्ञ डाक्टरहरुबाट परिक्षण र उपचार गरिने छथर जोपाटी गाउँपालिकाका स्वाथ्य शाखा प्रमुख सुन्दरमान ढंगोलले जानकारी दिनु भयो ।

उत्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जितमान जीमीले स्वाथ्य सेवा सबै नागरिकले पाउँनु पर्छ भन्ने उदेश्यका साथ शिविरको आयोजना गरिएको बताउँनु भयो । त्यस्तै कार्यक्रमा बोल्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष शेरबहादुर लिम्बुले निशुल्क स्वाथ्य शिविरमा सहभागि भएर मौकाको फाइदाँ लिन सबै नागरिक लाई आग्रह गर्नु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले आर्थिक रुपले कमाजोर नागरिकहरु लाई गाउँघर मै स्वाथ्य सेवा उपलब्ध गराउँनका लागि निशुल्क स्वाथ्य शिविरको आयोजना गरिएको बताउँदै गाउँघर मै स्वाथ्य सेवा दिन पाउँदा आफूहरु लाई समेत खुसी लागेको गाउँपालिकाक अध्यक्ष छत्र सुब्बाको भनाई थियो ।

शिविर उत्घाटन कार्यक्रमा बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगरका स्वाथ्य कर्मि, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, समाज सेवी, बुद्धिजिवी विभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी। पत्रकार लागयत स्थानिय बासिन्दाको समेत उपस्थिती रहेको थियो । शिविर भोली सम्म संचालन हुने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖