छथर जोरपाटीमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा ५ सय २५ जनाले लिए स्वास्थ्य सेवा
धनकुटा,१७ फागुन । धनकुटाको छथरजोपाटी गाउँपालिकामा आयोजना गरिएको दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा ५ सय २५ जनाले स्वाथ्य सेवा लिएका छन् ।
बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगरको प्राविधीक सहयोग समाजसेवी बिष्णु प्रसाद पौडेलको समन्वय तथा छथर जोरपाटी गाउँपालिकाको आयोजनामा संचालन भएको शिविरमा १ सय ७९ पुरुष र ३ सय ४६ जना महिलाले स्वाथ्य सेवा लिएको छथरजोरपाटी गाउँपालिकाका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो ।
शिविरमा भिडियो एक्स रे सेवा २ सय १५ जना, पिएफटी सेवा ५० जना, इसिजी १ सय १० जना ,इको ५४ जना , स्त्री रोग ८४ जनाले परिक्षण गराएका थिए त्यस्तै हाडजोर्नी तथा नशा ३ सय ११, फिजिसियन २ सय २३, सुगर ४०, बालरोग २९ , मुटु सम्बन्धी ५५ र ल्याव सेवा १ सय ३५ जनाले लिएको स्वाथ्य शाखाले जनाएको छ ।
आर्थिक रुपले कमजोर नागरिकहरु लाई गाउँघर मै स्वाथ्य सेवा उपलब्ध गराउँनका लागि निशुल्क स्वाथ्य शिविरको आयोजना गरिएको र त्यस बाट धरै नागरिकले लाभ लिएको छथर जोरपाटी गाउँपालिकाक अध्यक्ष छत्र बहादुर सुब्बाले बताउनु भयो ।


