प्रजातान्त्रिक योद्धा रामप्रसाद राईका बारेमा थप अध्ययन आवश्यक : सभामुख घिमिरे

काठमाडौं, १८ फागुन ।  सभामुख देवराज घिमिरेले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईबारे थप खोजी, अध्ययन र अनुसन्धान आवश्यक रहेको बताएका छन् । 

रामप्रसाद राईको ११४ औं जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले तथ्यपरक र खोजमुलक अनुसन्धान गर्न आग्रह गरे । 

‘रामप्रसाद राईको योगदानका बारेमा इतिहास यथार्थपरक आउन सकेको छैन,’ उनले भने, ‘तथ्यपरक, खोजमुलक अनुसन्धानका लागि अध्येता लागिरहनुभएको छ, त्यस्ता लिखत, कृति प्रकाशन गर्न आवश्यक छ ।’

रामप्रसाद राई प्रतिष्ठान लगायतका कतिपय संस्था र व्यक्तिहरुले राईलाई राष्ट्रिय विभूतिका रुपमा सम्मान गरियोस् भन्ने मागमा आफ्नो सकारात्मक पहल रहने सभामुखको भनाइ छ ।

उनले रामप्रसाद राई लगायतका सहिदहरुको चाहना अनुसार व्यवस्थामा परिवर्तन भए पनि अझै अवस्थामा परिवर्तन हुन नसकेको उल्लेख गरे । 

सभामुख घिमिरेले रामप्रसाद राईको योगदानलाई सजिव रुपमा प्रस्तुत गर्न नाटक मञ्चन हुन लागेको खबरले आफूलाई खुसी तुल्याएको बताए । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।