प्रदेश १ को नाम छापामार र निरंकुश शैलीमा राखियो
धनकुटा । विभिन्न जातिय संघ संगठनहरुले प्रदेश नं १ को नाम छापामार शैलीमा राखेको भन्दै आफुहरुको ध्यानाकर्ष भएको बताएका छन् । किराँत राई यायोख्खा जिल्ला कार्य समिति,किरात याक्थङ चुम्लुङ,किराँत याख्खा छुम्मा र नेपाल आदिवासीजनजाती महासंघ जिल्ला समन्वय परिषद् धनकुटाले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशको नामाकरणप्रति विरोध जनाएका हुन् । उल्लेखित संघ संस्थाका जिल्ला अध्यक्षहरु क्रमश उद्वमणी राई, कमल सिं तिगेला लिम्बु,नगेन्द्र देवान र सञ्जयसन्तोषी राई द्धारा हस्ताक्षरित विज्ञप्तिप्मा प्रदेश सभाले कुनै छलफल तथा बहस नै नगराई प्रदेश नं १ को नाम छापामार शैलीमा नामाकरण गरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘’वितगमा संविधानसभाको विषय समिति र राज्य पून संरचाना उच्चस्तरिय आयोबाट सिफारिस भए बमोजिम पहिचानमा आधारित प्रदेश नामाकरण सुनिश्चित हुनुपर्ने थियो । तर सो मर्मको विपरित ७ प्रदेशको घोषणा भएको सर्वविदितै छ । प्रदेशहरुको नामाकरण गर्ने सन्र्दभमा उत्पिडनकारी औपनिवेशिक एवं सामान्ती केन्द्रिकृत एकात्मकवादी चिन्तनको धङधङी झल्कनेगरी पञ्चायती शैलिमा जर्बजस्ति ढंगले कर्णाली,गण्डकीबाग्मती,लगायत नामहरु राखिएको र प्रदेश १ मा शासक जातीय पहिचामा कौशिकी ऋषीमुनीको नामबाट बनेको कोशी नदीबाट कोशी प्रदेश घोषणा गर्नु नेपाली जनताको साझा नामको हवला दिएर शासक जातिय साम्प्रदायिक नाम राख्ने षडयन्त्र भएकोमा हामी खेद व्यक्त गर्दछौं,र गम्भिर असहमती जाहेर गर्दर्छौ ।
यसका अलवा ऐतिहासिक लिम्बुवान, किराँत आन्दोन, मधेश आन्दोलन, आदिवासी आन्दोलन, आदिवासी जनजाती आन्दोलन,२००७ सालको क्रन्ति,निरंकुश पञ्चायती शासन विरुद्धको आन्दोलन, १० वर्षे जनयुद्ध,२०६२/६३ को जनआन्दोलनको जनादेश अनुसार ऐतिहाँसिक पृष्ठभूमीको आधारमा लिम्बुवान र माmभरिातको रैथाने आदिवासीले ढालफड गरेर निर्माण गरेको भूगोल १४ जिल्लाको प्रदेश नं १ लाई ऐतिहाँसिक पहिचानको आधारमा किरात लिम्बुवान प्रदेश हुनुपर्ने माग गर्दै आएकोमा यस मागलार्य नजरअन्दाज गरी किरात लिम्बुवान किरात लिम्बुवान नाम समावेश नगरि पहिचान विरोधी नाम राखिएकोमा हाम्रो गम्भिर असहमती छ ।
प्रदेश नामाकरणको विषयमा सबैपक्षसँग छलफल नगराई हतास र निरंकुश ढंगले एकाएक नामाकरण गराईएकोले यसको सशक्त प्रतिकार गर्दै दिर्घकालिन आन्दोलनमा होमिन हामी बाध्य भएका छौ र त्यसले हामी नेपाली जनताको दिगो शान्ति र अमनचैनमा समेत असर पर्ने सम्बन्धित पक्षलाई जानकारी गराउन चाहन्छौ ।



